विकास बाहिरबाट आयात गर्ने विषय होइन, नेपालको आफ्नै मोडल चाहिन्छ : शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपालको विकासका लागि विदेशी मोडलको अनुकरण गर्न नहुने बताएका छन्। ‘चिनियाँ कम्युनिस्ट पार्टीको १०५ वर्ष: ऐतिहासिक अनुभव र नेपालको विकास’ सम्बन्धी विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले विकास बाहिरबाट आयात गर्ने विषय नभएको स्पष्ट पारेका हुन् ।
नेपालको भौगोलिक र सामाजिक परिवेशमा अन्य देशमा सफल भएका विकासका मोडल हुबहु लागू हुन नसक्ने भन्दै उनले नेपाली माटो र यथार्थमा आधारित मौलिक मार्ग अवलम्बन गर्नुपर्नेमा जोड दिए। राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालको आफ्नै विकास मार्ग निर्माण गर्नुपर्ने उनको भनाइ छ।
नेपालको मुख्य समस्या सम्भावनाको अभाव नभई कार्यान्वयनको कमजोरी रहेको शाहीले बताए। ‘विकास बाहिरबाट आयात गर्न सकिने विषय होइन, न त कुनै अर्को देशको विकासको मोडललाई जस्ताको तस्तै नक्कल गरेर सफलता हासिल गर्न सकिन्छ,’ शाहीले भने, ‘एउटा देशमा सफल भएको विकास मोडल हिमालको काखमा रहेको नेपालमा हुबहु लागू हुन सक्दैन।’ नेपाल प्राकृतिक स्रोत, अपार जलस्रोत तथा विश्वका दुई ठूला अर्थतन्त्रबीच अवस्थित रणनीतिक भौगोलिक अवस्थाले सम्पन्न राष्ट्र भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा पछि परेको उनले उल्लेख गरे।
दैनिक हजारौँ ऊर्जाशील नेपाली युवा भविष्य खोज्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिनु दुःखद रहेको उनले बताए। स्वदेशमै पर्याप्त अवसर नहुँदा नेपालले वस्तुको सट्टा मानव स्रोत निर्यात गरिरहेको शाहीको भनाइ छ। अन्तर्राष्ट्रिय बजारमा वस्तु निर्यात गर्नुपर्ने बेलामा दक्ष जनशक्ति विदेश पठाउनुपरेकाले देशको आर्थिक रूपान्तरणको गति अपेक्षित रूपमा अघि बढ्न नसकेको उनले बताए। यसको समाधानका लागि स्थानीय उद्योगको विकास, कृषिको आधुनिकीकरण र स्वच्छ ऊर्जाको अधिकतम उपयोग आवश्यक रहेको उनको धारणा छ। साथै, नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन राज्यले दीर्घकालीन संरचनात्मक लगानी र पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उनले सुझाए।
नेपाल–चीन सम्बन्धबारे बोल्दै नेता शाहीले दुई देशबिचको सम्बन्ध पारस्परिक सम्मान, सार्वभौमिक समानता, भौगोलिक अखण्डताको सम्मान र अहस्तक्षेपको सिद्धान्तमा आधारित रहेको बताए। आर्थिक रूपमा आत्मनिर्भर, शक्तिशाली र स्थिर नेपाल नै यस क्षेत्रको शान्ति र स्थिरताको बलियो आधार हुने उनको दाबी छ।
चिनियाँ कम्युनिस्ट पार्टीको ऐतिहासिक यात्राबाट नेपालले सुशासन र विधिको शासन सिक्नुपर्ने भन्दै उनले नेपालको वर्तमान राजनीतिक प्रवृत्तिको आलोचना गरे। राजनीतिक नियुक्तिहरूमा अझै पनि दलीय भागबन्डा र कार्यकर्ता भर्तीको पुरानो संस्कार कायम रहेको भन्दै उनले पात्र फेरिए पनि प्रवृत्ति नफेरिएको बताए। देशमा विधिको शासन स्थापित गर्न यस्तो परिपाटीको अन्त्य हुनुपर्नेमा शाहीले जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा
-
बङ्गलादेशमा अर्जेन्टिनाको क्रेज : म्याराडोनाको जादुदेखि मेस्सीको मोहसम्म
-
राष्ट्रियसभा बैठक : बाढी पहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग
-
सम्पत्ति शुद्धीकरण विधेयकमाथि राष्ट्रिय सभामा एमालेको विरोध, अर्थमन्त्री वाग्लेलाई झाँक्रीको चुनौती
-
संसद छलेर अध्यादेश ल्याएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको विरोध, विधेयक समितिमा पठाउन माग
-
महान्यायाधिवक्ता कार्यालयको निर्देशन : जेनजी आन्दोलनका मुद्दाको पेशी स्थगित गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण