परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत
भक्तपुर । राष्ट्रिय युवा परिषद्ले ६ जना उत्कृष्ट सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसायीलाई जनही रु दुई लाखसहित पुरस्कृत गरेको छ ।
उक्त पुरस्कारबाट यार्सा टेक प्रालि पोखराकी सविता शर्मा, सात्भिका भान्साघर कैलालीकी महेश्वरीकुमारी सिंह, ई–कागजपत्र प्रालि ललितपुरका निकेश सिंह, सकल बायो इञ्जाइम नेपाल ललितपुरकी सरला महर्जन, भर्मिकाउ अर्गानिक्स कैलालीका आयुश अवस्थी र डियर सर ‘होम ट्युसन’ प्रालि काठमाडौँका रविकिरण श्रेष्ठ पुरस्कृत भएका हुन् ।
राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले पुरस्कार वितरण गर्दै नेपालमा युवा उद्यमशीलताको सम्भावना अत्यधिक रहेको बताउँदै उद्यमशीलता प्रवर्द्धनमार्फत देशभित्रै रोजगारी र समृद्धिको आधार निर्माण गर्नुपर्ने धारणा राखे । उनले जेनजी प्रदर्शनपछि बनेको नयाँ सरकारसँग नागरिकले आर्थिक उपलब्धि खोजिरहेका बताउँदै सरकारले यसतर्फ केन्द्रित भएर काम गर्नुपर्ने आवश्यकता औँल्याए ।
परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले युवा उद्यमीका नवीनतम् सोच, सीप र उद्यम कार्यलाई प्रोत्साहित गर्ने उद्देश्यले सम्मानस्वरुप ६ जनालाई पुरस्कृत गरिएको बताए । पुरस्कार वितरण कार्यक्रममा युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव हेमराज तामाङ, परिषद्का पूर्वउपाध्यक्ष सुरेन्द्र बस्नेतलगायतले मुलुकको समृद्धिका लागि ‘स्टार्टअप’ व्यवसाय तथा उद्यमप्रति आकर्षण बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा आवेदन दिएका मध्येबाट १५ वटा व्यवसायी छनोट गरी शुक्रबार कार्यालय हाताभित्र सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय प्रदर्शनी गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण