एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ
काठमाडौँ । कीर्तिपुर स्थित सशस्त्र प्रहरीको नेपाल एपीएफ स्कुलमा आर्थिक अनियमितता प्रकरणमा इन्स्पेक्टर कल्पना गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङ एपीएफ स्कुलमा लेखा प्रमुखको रूपमा कार्यरत थिइन् । लेखा प्रमुख गुरुङ र उनका साथी लीला लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले रातोपाटीलाई बताए । उनीहरू शनिबार ठमेलबाट पक्राउ परेका हुन् ।
विद्यालयमा भएको आर्थिक अनियमितताबारे सशस्त्रको हेड्क्वार्टरले छानबिन गरिरहेको थियो । सशस्त्र प्रहरीको पत्रको आधारमा काठमाडौं प्रहरीले पक्राउ गरेर उनीहरूमाथि ठगी र आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
एपीएफ स्कुलको बैंक खातामा हुनुपर्ने रकम व्यक्तिगत खातामा राखेर उनले अनियमितता गरेको उजुरी परेको थियो । विगत ४ वर्षदेखि साढे ४ करोड रुपैयाँ व्यक्तिगत खातामा राखेर दुरुपयोग गरिएको उजुरकर्ताको दाबी छ । अनियमिततामा इन्स्पेक्टर गुरुङ मुख्य भूमिकामा देखिएकी छन् । उनी ६ वर्षदेखि निरन्तर एपीएफ स्कुलको लेखामा कार्यरत छिन् । सशस्त्र प्रहरी हेड्क्वार्टरले ४ आर्थिक वर्षको बैंकिङ्ग कारोबारको विवरण मागेर छानबिन गरेको थियो ।
सशस्त्र प्रहरी नायव निरीक्षक (सई) हुँदा देखी नै एपीएफ स्कुलको लेखामा कार्यरत गुरुङ इन्स्पेक्टरमा बढुवा भएपछि पनि लगातार ४ वर्षदेखि एकै ठाउँमा कार्यरत छिन् । इन्स्पेक्टर गुरुङले गरेको अनियमिततालाई प्रधान कार्यालयका केही अधिकृतहरूले पनि साथ दिएको आशङ्का गरिएको छ । सो प्रकरणमा कल्याण महाशाखामा कार्यरत लेखापाल (डीएसपी) महेन्द्र हमाल पनि छानबिनको दायरामा छन् । एपीएफ स्कुल कल्याणको बजेटबाट सञ्चालन हुँदै आएको छ ।
विद्यालयमा भएको अनियमितता थाहा भएर पनि डीएसपी महेन्द्र हमाले सङ्गठनलाई जानकारी नदिएर गुपचुप राखेको आरोप छ ।
२०८२ मंसिरमा पनि विद्यालयको रासन व्यवस्थापनमा अनियमितता भएको आरोप सहित विभिन्न निकायमा उजुरी परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहम्मद सलाह र इजिप्टको ‘स्वर्णिम पुस्ता’को अधुरो सपना
-
मौद्रिक नीतिको मस्यौदा तयार, आजै सार्वजनिक गर्ने तयारी
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न, फाइल र कागजात झिकाएर छानबिन गर्न सांसदहरूको माग
-
लयमा फर्किँदै घरजग्गा कारोबार : राजस्व र कारोबार रकम बढ्यो, काठमाडौँमा सबैभन्दा धेरै वृद्धि
-
'विश्वकपले कार्बन उत्सर्जनको जिम्मेवारी बहन गर्नैपर्छ'
-
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको बिदाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण