मेक्सिकोविरुद्धको खेलमा इंग्ल्यान्डका खेलाडीले किन प्रयोग गर्दैछन् भियाग्रा ?
सारांश
- इंग्ल्यान्डको राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूले मेक्सिकोविरुद्धको खेलमा भियाग्रा प्रयोग गर्ने बताइएको छ ।
- उच्च उचाइमा हुने शारीरिक असर कम गर्न भियाग्रा उपयोगी हुन सक्ने विभिन्न अध्ययनले देखाएका छन् ।
- यद्यपि, इंग्ल्यान्डका खेलाडीहरूले वास्तवमै भियाग्रा प्रयोग गर्ने योजना बनाएका छन भन्ने कुनै प्रमाण छैन ।
लन्डन । फिफा विश्वकपको राउन्ड अफ १६ मा जुलाई ६ मा मेक्सिको सिटीको एस्टाडियो एज्टेका रङ्गशालामा हुने खेलमा इंग्ल्यान्डको राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूले मेक्सिकोसँग प्रतिस्पर्धा गर्दै छन् । यस खेलमा इंग्ल्यान्डले आफ्नो टोलीका खेलाडीलाई भियाग्रा खुवाएर मैदानमा उतार्दै छ ।
यसको अनुमति टोलीका खेलाडीहरूले पाइसकेको बताइएको छ । विश्व डोपिङको २०२६ को प्रतिबन्धित पदार्थको सूचिमा यो औषधि छैन । खास गरेर यो औषधि यौन दुर्बलताको उपचारका लागि प्रयोग गरिन्छ । तर यो औषधि उच्च उचाइमा हुने शारीरिक असर कम गर्न पनि उपयोगी हुन सक्ने विभिन्न अध्ययनले देखाएका छन् ।
मेक्सिकोविरुद्ध अन्तिम–१६ को खेल हुने रंगशाला समुद्री सतहबाट करिब २ हजार २०० मिटर उचाइमा अवस्थित छ । यस्तो उचाइमा हावामा अक्सिजनको मात्रा कम हुने भएकाले खेलाडीलाई छिट्टै थकान, सास फेर्न कठिनाइ र चक्कर आउने समस्या हुन सक्छ । अध्ययनहरूका अनुसार भियाग्राले फोक्सोका रक्तनलीहरू फराकिलो बनाउँदै रक्तचाप घटाउन मद्दत गर्छ । यसले शरीरमा अक्सिजनको प्रवाह सहज बनाउन सहयोग पुर्याउन सक्छ, जसका कारण उच्च उचाइमा देखिने थकान र असहजता केही हदसम्म कम हुन सक्छ ।
यद्यपि, इंग्ल्यान्डका खेलाडीहरूले वास्तवमै भियाग्रा प्रयोग गर्ने योजना बनाएका छन भन्ने कुनै प्रमाण छैन । टोलीका मुख्य प्रशिक्षक थोमस टुचेलले भने उच्च उचाइको चुनौती सामना गर्न सबै सम्भावित उपायहरूबारे विचार गरिरहेको बताइएको छ । इंग्ल्यान्डको टोली खेल हुनुभन्दा दुई दिनअघि मात्र मेक्सिको सिटी पुग्ने भएकाले उनीहरूसँग त्यहाँको वातावरणमा अभ्यस्त हुन सीमित समय हुनेछ । यसअघि टोलीले कान्सास सिटीमा प्रशिक्षण जारी राखेको थियो ।
उता, मेक्सिकोका खेलाडीहरू भने आफ्नै उच्च उचाइको वातावरणमा अभ्यस्त छन् । पछिल्लो ५६ वर्षमा उनीहरूले एस्टाडियो अज्टेकामा निकै कम हार बेहोरेका छन् । विश्व डोपिङ एजेन्सीका अनुसार भियाग्राले सामान्य वा समुद्री सतह नजिकको उचाइमा खेल प्रदर्शनमा उल्लेखनीय फाइदा पुर्याउने प्रमाण नभएकाले यसलाई प्रतिबन्धित पदार्थको सूचीमा राखिएको छैन ।
केही अनुसन्धानले ४ हजार मिटरभन्दा कम उचाइमा पनि यसको प्रभाव सीमित हुने देखाएका छन् । दक्षिण अफ्रिकामा २०१० को फिफा विश्वकप अघि इङ्गल्याण्डको टोलीले उच्च उचाइमा हुने असुविधासँग लड्न औषधि प्रयोग गर्ने विचार गरिरहेको रिपोर्ट आएको थियो । फुटबल संघले पछि त्यस्ता कुनै पनि दाबीलाई अस्वीकार गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको आक्रमणमा १६ सैनिकको मृत्यु
-
कम उमेरमै कपाल फुलेर हैरान हुनुहुन्छ ? जान्नुहोस् कारण र रोकथामका उपाय
-
गुआम पुग्यो सुपर टाइफुन ‘बाभी’ : २५० किलोमिटरभन्दा बढीको गतिको आँधी र वर्षा सुरु
-
वर्षायाममा बालबालिकालाई बिरामी हुनबाट कसरी जोगाउने ? ७ महत्त्वपूर्ण टिप्स
-
अमेरिकी युट्युबरको महँगो उपहार मेक्सिकोका खेलाडीले किन फिर्ता गर्नुपर्यो ?
-
नाओमी ओसाकाद्वारा विश्व नम्बर एक सबालेन्का पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण