संसद् बैठक
प्राविधिक समस्या देखिँदा प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण भएन
सोमबार, २२ असार २०८३, ११ : ३८
सारांश
- प्राविधिक समस्याका कारण प्रतिनिधिसभा बैठकको लाइभ स्ट्रीमिङ प्रभावित भएको छ ।
- सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले समस्या समाधानका लागि निर्देशन भइसकेको जानकारी दिए ।
- यसअघि असार १८ गतेको बैठकमा पनि यस्तै समस्या देखिएको थियो ।
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा लाइभ स्ट्रीमिङ प्रभावित भएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले प्राविधिक समस्याका कारण सदनको लाइभ स्ट्रीमिङ प्रभावित भएको जानकारी दिए ।
‘केही प्राविधिक समस्या भएकाले सदनको लाइभ स्ट्रीमिङ प्रभावित भएको छ,’ प्रवक्ता गिरीले रातोपाटीसँग भने, ‘कार्यव्यवस्था परामर्श महाशाखाबाट तत्काल समस्याको समाधान गर्न निर्देशन भइसकेको छ ।’
यसअघि प्रतिनिधि सभाको असार १८ गतेको बैठकमा पनि प्राविधिक समस्या देखिएको भन्दै लाइभ भएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रिटिश प्रोफेशनल कलेजमा युनिभर्सिटी अफ लन्डनको बीएससी र एमएससी कार्यक्रम सुरु
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण