कर्णाली नदीमा भेटिए दुई शव, साङ्गेतडा घटनाको हुनसक्ने आशङ्का
सारांश
- कर्णाली नदीमा १७-१८ वर्षकी महिला र ३०-३५ वर्षका पुरुषको शव भेटिएको छ ।
- पुरुषको शव कैलालीको मोहान्याल गाउँपालिका-६, सुङ्गरखालमा र महिलाको शव चिसापानीको गोरुङ्गे क्षेत्रमा भेटिएको हो ।
- साङ्गेतडा नजिक कर्णाली राजमार्गमा फोर्स गाडी दुर्घटना भई नदीमा खस्दा चार जना बेपत्ता भएका छन् ।
सुर्खेत । कर्णाली नदी अन्तर्गत कैलाली क्षेत्रमा दुई वटा शव भेटिएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रामप्रसाद घर्तीका अनुसार, भेटिएका शवमध्ये एक जना १७–१८ वर्षको महिला र ३०–३५ वर्ष उमेर समूहको पुरुष रहेका छन् ।
यद्यपि पहिचान र सनाखत हुन भने बाँकी छ । पुरुषको शव कैलालीको मोहान्याल गाउँपालिका—६, सुङ्गरखालको कर्णाली नदी क्षेत्रमा भेटिएको हो भने महिलाको शव चिसापानीको गोरुङ्गे क्षेत्रमा भएको घर्तीले बताए ।
‘इप्राका चिसापानीले हामीलाई केही समयअघि मात्रै जानकारी दिएको हो,’ उनले भने, ‘महिलाको शवको कुरा गर्दा सिर्जना खड्काको हो कि भन्ने अनुमान गरिएको हो ।’
बिहीबार बिहान ११ः ३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका—७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा दुर्घटना भएको थियो ।
गाडी राजमार्गबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो । त्यसपछि गाडी नदीमा डुबेको थियो । गाडीमा सवारमध्ये कालिकोट पचालझरना गाउँपालिका—९ निवासी ५४ वर्षीय जेखे तिरुवा भीरमा अड्किएको अवस्थामा फेला परेका थिए । दुल्लु अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरे । त्यस बाहेक गाडी र चार जना यात्रुको अवस्था अज्ञात छ ।
गाडीसँगै बेपत्ता हुनेमा कालिकोटकै पचालझरना–९ कामेखे तिरुवा, रास्कोट नगरपालिका—२ का सिर्जना खड्का र पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका—८, का तुलाराम सुबेदी र सहचालक राम प्रसाद सुवेदी रहेका छन् ।
चालक र सहचालक दुई दाजुभाइ हुन् । ३ वटै सुरक्षा निकायले खोजी कार्य जारी राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु
-
भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल
-
हमासले गाजाको प्रशासनिक निकाय विघटन गर्ने
-
ट्रम्पद्वारा इटालीकी प्रधानमन्त्री मेलोनीमाथि सामाजिक सञ्जालमार्फत टिप्पणी
-
संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ
-
दलाई लामाको जन्मदिनमा स्वयम्भूमा इन्डोर कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण