मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
एनपीएल अक्सन

एनपीएल तेस्रो संस्करणः यी हुन् क्याटोगरी 'सी' अन्तर्गत छानिएका १७ खेलाडी

सोमबार, २२ असार २०८३, १८ : ३८
सोमबार, २२ असार २०८३

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणका लागि क्याटोगरी 'सी' अन्तर्गत १७ खेलाडी अनुबन्ध भएका छन् ।
  • राजधानीमा जारी अक्सनबाट ७७ खेलाडी बिडिङमा सहभागी भएका थिए ।
  • सुजन थपलिया र रित गौतम ४ लाख २५ हजारमा बिक्रि भएका छन् ।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणका लागि क्याटोगरी 'सी' अन्तर्गत १७ खेलाडी अनुबन्ध हुन सफल भएका छन् । सोमबार राजधानीमा जारी अक्सनबाट  उनीहरू सोल्ड भएका हुन्, जहाँ ७७ खेलाडी बिडिङमा सहभागी भएका थिए भने १२३ जनाले नाम दर्ता गराएका थिए ।

यी हुन् क्याटोगोरी ‘सी’ बाट सोल्ड हुने खेलाडीहरू

१. सुजन थपलिया – ४ लाख २५ हजार (विराटनगर किंग्स)
२. रित गौतम – ४ लाख २५ हजार (जनकपुर बोल्ट्स)
३. सुदिप अर्याल – ३ लाख (पोखरा एभेन्जर्स)
४. सन्तोष कार्की – ३ लाख (जनकपुर बोल्ट्स)
५. मौसम ढकाल – ३ लाख (चितवन राइनोज)
६. विवेककुमार रानामगर – २ लाख ७५ हजार (पोखरा एभेन्जर्स)
७. सचिन भट्ट – २ लाख (सुदूरपश्चिम रोयल्स)
८. सन्नी विक – २ लाख (पोखरा एभेन्जर्स)
९. आयुव चन्द – २ लाख (सुदूरपश्चिम रोयल्स)
१०. अरनिको यादव – २ लाख (लुम्बिनी लायन्स)
११. अशोक धामी – २ लाख (चितवन राइनोज)
१२. सुर्य तामाङ – २ लाख (कर्णाली याक्स)
१३. अपराजित पौडेल – २ लाख (विराटनगर किंग्स)
१४. बिपिन रावल – २ लाख (चितवन राइनोज)
१५. प्रसिद्ध जैसी – २ लाख (काठमाडौ गुर्खाज)
१६. दयानन्द मण्डल – २ लाख (काठमाडौ गुर्खाज)
१७. सोनु देवकोटा – २ लाख (काठमाडौँ गुर्खाज)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप