बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै

बिहीबार, २५ असार २०८३, ०७ : २९
बिहीबार, २५ असार २०८३

सारांश

  • संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सुनुवाइ प्रक्रिया अगाडि बढाउने भएको छ ।
  • आज बिहान साढे ९ बजे बस्ने समितिको बैठकले सुनुवाइ प्रक्रिया अगाडि बढाउन लागेको हो ।
  • शुक्रबार संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्त पदमा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई सिफारिस गरेको थियो ।

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सुनुवाइ प्रक्रिया अगाडि बढ्ने भएको छ । 

आज बिहान साढे ९ बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठकले सुनुवाइ प्रक्रिया अगाडि बढाउन लागेको हो ।  

शुक्रबार संवैधानिक परिषद्ले आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्त पदमा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई सिफारिस गरेको थियो ।

22

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप