अपडेट
एकै दिन तोलामा दुई हजार ४०० ले घट्यो सुनको भाउ
बिहीबार, २५ असार २०८३, १० : ४७
सारांश
- नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ ।
- छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८४ हजार ७०० कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा रु दुई हजार ४०० ले घटेको हो ।
- चाँदीको मूल्य प्रतितोला रु चार हजार ३४० कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा रु १६० ले घटेको हो ।
काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८४ हजार ७०० कायम भएको छ । बुधबार प्रतितोला रु दुई लाख ८७ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज रु दुई हजार ४०० ले घटेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम रु दुई लाख ४४ हजार ८५ निर्धारण गरिएको छ ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला रु चार हजार ३४० कायम भएको छ । बुधबार प्रतितोला रु चार हजार ५०० रहेको चाँदीको मूल्य आज रु १६० ले घटेको हो ।
आज चाँदीको मूल्य प्रतिदश ग्राम रु तीन हजार ७२० दशमलव ५० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण