बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ सुरु

बिहीबार, २५ असार २०८३, १२ : १५
बिहीबार, २५ असार २०८३

सारांश

  • संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिस भएकाहरूको सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।
  • प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्त राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको सुनुवाइका लागि १० दिनको समय दिएर उजुरी आह्वान गरिएको छ ।
  • सांसदहरूले हतारमा नभई प्रक्रिया पुराएर सुनुवाइ अघि बढाउन आग्रह गरेपछि सभापतिले पर्याप्त छलफल गर्दै प्रक्रिया अघि बढाउने बताएका छन् ।

काठमाडौँ । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिस भएकाहरूको सुनुवाइ प्रक्रिया सुरु गरेको छ । 

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्त राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको सुनुवाइ प्रक्रिया अघि बढाएको हो ।

प्रस्तावित व्यक्तिहरूको सुनुवाइका लागि १० दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली विद्युतीय वा अन्य जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने उनले बताए । आगामी साउन ५ गते बस्ने समिति बैठकमा प्राप्त भएका उजुरी खोलिने र अध्ययनका लागि सदस्यहरूलाई वितरण गरिने उनले जानकारी दिए । 

बैठकमा विपक्षी दलका सांसदहरूले सुनुवाइ प्रक्रिया हतारमा नभई प्रक्रिया पुराएर अघि बढाउन आग्रह गरेका थिए । समिति सदस्य पद्मा अर्यालले एकै दिन सुनुवाइ प्रक्रिया अघि बढाउँदा प्रभावकारी नभएको भन्दै प्रक्रियागत रूपमा नै सुनुवाइ गर्नुपर्ने धारणा राखिन् ।

त्यस्तै समिति सदस्य वर्षमान पुनले संसदीय सुनुवाइको विगतको अभ्यास अनुसार अघि बढाउनुपर्ने बताए ।

सांसदहरूको सुझावपछि समितिका सभापति श्रेष्ठले प्रक्रियागत रूपमा नै पर्याप्त छलफल गर्दै सुनुवाइ प्रक्रिया अघि बढाइने बताए । संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले निर्वाचन आयोगको रिक्त पदमा तीन जनाको नाम सिफारिस गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप