कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
सारांश
- मानव अधिकारको अवस्था अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि १५ दिन थप गरिएको छ ।
- प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले निरीक्षण तथा अध्ययनलाई थप वस्तुनिष्ठ बनाउन कार्यअवधि थप गर्ने निर्णय गरेको छ ।
- समितिले बालसुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्था सम्बन्धी संसदीय उपसमितिको प्रतिवेदन ग्रहण समेत गरेको छ ।
काठमाडौँ । विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि १५ दिन थप गरिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले निरीक्षण तथा अध्ययनलाई थप वस्तुनिष्ठ बनाउन कार्यअवधि थप गर्ने निर्णय गरेको समिति सभापति समिक्षा बास्कोटाले जानकारी दिइन् ।
समितिले गत जेठ ८ गते देशका विभिन्न कारागार तथा प्रहरी हिरासतहरूको आवश्यकताअनुसार स्थलगत निरीक्षण, अवलोकन, सम्बन्धित पदाधिकारीहरूसँग छलफल तथा विभिन्न सामग्रीहरूको अध्ययनमार्फत थुनुवा एवं कैदी बन्दीहरूको न्यूनतम मानवीय सुविधा, स्वास्थ्य, शिक्षा, कानुनी सहायता र मानव अधिकारको अवस्था पहिचान गरी सुझाव सहितको प्रतिवेदन पेस गर्न संसदीय उपसमिति गठन गरेको थियो ।
उक्त समितिको कार्यअवधि थप ४५ दिन तोकिएको थियो । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा संयोजक रहेको उक्त उपसमितिमा सांसदहरू मदन कृष्ण श्रेष्ठ, मनिष खनाल, सुहाङ नेम्वाङ र स्मृति सेन्चुरी सदस्य रहेका छन् ।
समितिले बालसुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्था सम्बन्धी संसदीय उपसमितिको प्रतिवेदन ग्रहण समेत गरेको छ । उक्त प्रतिवेदनमाथि समितिले आइतबार थप छलफल गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
-
जनता आवास कार्यक्रम: सातै प्रदेशमा गरी करिब ३९ हजार घर हस्तान्तरण
-
तीन वर्षको अन्तरालमा एउटै नियति
-
ठगीमा परेका ८३६ नेपालीको उद्धार : परराष्ट्र मन्त्रालय
-
नाट्टाको सचिवमा रमेश पराजुलीको उम्मेदवारी
-
सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण