शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
अपडेट

एकैदिन ३३ अर्ब सरकारी भुक्तानी

शुक्रबार, २६ असार २०८३, ०८ : १९
शुक्रबार, २६ असार २०८३

सारांश

  • आर्थिक वर्ष २०८२/८३ को बजेट भुक्तानीको अन्तिम दिन सरकारले झन्डै ३३ अर्बको भुक्तानी दिएको छ ।
  • सूत्र प्रणाली बन्द हुनुअघि असार २५ गते कुल ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
  • यसमध्ये चालू बजेट खर्च अन्तर्गत १२ अर्ब ४२ करोड ५ लाख, पुँजीगत खर्च अन्तर्गत १८ अर्ब ३९ करोड ७ लाख र वित्तीय व्यवस्था अन्तर्गत २ अर्ब ३५ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ ।

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को बजेट भुक्तानीको अन्तिम दिन सरकारले झन्डै ३३ अर्बको भुक्तानी दिएको छ । 

सरकारी भुक्तानीको लागि प्रयोग हुने सूत्र प्रणाली बन्द हुनुअघि असार २५ गते कुल ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

यसमध्ये चालू बजेट खर्च अन्तर्गत १२ अर्ब ४२ करोड ५ लाख, पुँजीगत खर्च अन्तर्गत १८ अर्ब ३९ करोड ७ लाख र वित्तीय व्यवस्था अन्तर्गत २ अर्ब ३५ करोड ४२ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप