शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

दुई उपसमिति विपक्षीलाई दिएपछि टुङ्गियो लेखा समितिको ‘पावर स्ट्रगल’

शुक्रबार, २६ असार २०८३, १२ : ३३
शुक्रबार, २६ असार २०८३

सारांश

  • लेखा समिति अन्तर्गतका बेरुजुसम्बन्धी उपसमितिको नेतृत्व विवाद टुङ्गिएको छ ।
  • पाँचमध्ये दुई उपसमितिको नेतृत्व छाड्न सत्तारुढ दल तयार भएसँगै विवाद टुङ्गिएको हो ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको तर्फबाट भने कोही पनि संयोजक बनेनन् ।

काठमाडौँ । लेखा समिति अन्तर्गतका बेरुजुसम्बन्धी उपसमितिको नेतृत्व विवाद टुङ्गिएको छ । शुक्रबार बसेको समितिको बैठकमा समिति अन्तर्गत पाँच उपसमितिको नेतृत्व टुङ्गो लागेको हो । 

लेखा समिति अन्तर्गत विभिन्न बेरुजुको टुङ्गो लगाउन अर्थ र सुशासन, राज्य सुरक्षा न्याय कानुन र प्रशासन, भौतिक पूर्वाधार, प्राकृतिक स्रोत र वातावरण, आर्थिक उत्पादन, विज्ञान र मानव पुँजी तथा सामाजिक न्याय कल्याण र समावेशीकरण गरी पाँचवटा उपसिति बनाउने निर्णय भएको थियो । 

तर, सबै उपसमितिमा आफ्नै नेतृत्व हुनुपर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको अडानका कारण संयोजक र सदस्यहरुको टुङ्गो लाग्न सकेको थिएन । 

पाँचमध्ये दुई उपसमितिको नेतृत्व छाड्न तयार भएसँगै विवाद टुङ्गिएको हो । सबै समितिमा संयोजक समेत टुङ्ग्याइएको छ । यस अनुसार अर्थ र सुशासन उपसमितिमा रास्वपाका रूकेश रञ्जित, राज्य सुरक्षा, न्याय, कानुन र प्रशासन उपसमितिमा एमालेका यज्ञ बोगटी छन् । 

त्यस्तै, भौतिक पूर्वाधार, प्राकृतिक स्रोत र वातावरण उपसमितिमा राप्रपाकी खुस्बु ओली, आर्थिक उत्पादन, विज्ञान र मानव पुँजी उपसमितिमा रास्वपाका खगेन्द्र सुना।र खगेन्द्र सुनार र सामाजिक न्याय, कल्याण र समावेशीकरण उपसमितिमा मनिष झा संयोजक हुनेछन् । 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको तर्फबाट भने कोही पनि संयोजक बनेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप