शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

कर्णालीमा अन्तिम दिन १ अर्ब ५८ करोड भुक्तानी, १२ अर्ब ६२ करोड फ्रिज

कुल बजेटको ६१ प्रतिशत खर्च हुँदा विकास बजेट ५५ प्रतिशत मात्र कार्यान्वयन
शुक्रबार, २६ असार २०८३, १२ : ३३
शुक्रबार, २६ असार २०८३

सारांश

  • कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्तिम दिन १ अर्ब ५८ करोड २२ लाख ८८ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
  • प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार, कुल खर्च २० अर्ब ५७ करोड १२ लाख ८ हजार भएको छ ।
  • यस आर्थिक वर्षमा विकासतर्फ ८ अर्ब ८४ करोड ५० लाख बजेट फ्रिज गएको छ ।

सुर्खेत। कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्तिम दिन डेढ अर्ब भन्दा धेरै रकम भुक्तानी गरेको छ। बिहीबार अन्तिम दिनमा १ अर्ब ५८ करोड २२ लाख ८८ हजार भुक्तानी गरेको हो ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार, यो असार २५ गते दिउँसो १ बजेपछिको भुक्तानी हो । दिउँसो १ बजेसम्म १८ अर्ब ९८ करोड ८९ लाख २० हजार बराबर भुक्तानी दिएको सरकारले अन्तिम तथ्याङ्कमा कुल खर्च रकम २० अर्ब ५७ करोड १२ लाख ८ हजार भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयका लेखा अधिकृत ललित थापाले बताए ।

चालु आर्थिक वर्ष (२०८२/०८३) मा सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको कुल बजेट ल्याएको थियो । त्यसमध्ये ६१.९७ प्रतिशत बजेट खर्च गरेको छ। कुल खर्चमध्ये झन्डै २५ प्रतिशत बजेट सरकारले असार महिनाको २५ दिनमा खर्च गरेको हो ।

पुँजीगत बजेट ५५.७४ प्रतिशत कार्यान्वयनमा ल्याएको सरकारले चालु तर्फ ७३.४८ प्रतिशत खर्च गरेको छ। यो वर्ष विकासतर्फ १९ अर्ब ९८ करोड ९३ लाख वार्षिक बजेट थियो ।

त्यसमध्ये ११ अर्ब १३ करोड ९३ लाख बराबर बजेट कार्यान्वयनमा आउँदा ८ अर्ब ८४ करोड ५० लाख बराबर फ्रिज गएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप