शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

जनार्दन शर्माले भने– आफू निकटलाई नभई विज्ञलाई प्राधिकरणको नेतृत्व दिने हो कि ?

शुक्रबार, २६ असार २०८३, १२ : ४५
शुक्रबार, २६ असार २०८३

सारांश

  • जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणमा विज्ञताको अभाव रहेको बताएका छन् ।
  • उनले प्राधिकरणको नेतृत्व आफ्ना निकटलाई नभई योग्य विज्ञलाई दिनुपर्ने सुझाव दिएका छन् ।
  • विगतमा लोडसेडिङ अन्त्य गरी देशलाई उज्यालो बनाएको स्मरण गराउँदै उनले हालको समस्या औंल्याएका हुन् ।

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पाटी (प्रलोपा)का नेता जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणमा विज्ञताको अभाव देखिएको अनुभूति भएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै शर्माले विद्युत् पर्याप्त नभएको बेला लोडसेडिङ अन्त्य गरी देशलाई उज्यालो बनाएको स्मरण गराउँदै सो कुरा बताएका हुन् ।

पूर्वमन्त्री समेत रहेका शर्माले भनेका छन् : ‘आजकल पटक–पटक विद्युत् जाने समस्याले नेपाल विद्युत् प्राधिकरणमा विज्ञताको अभाव देखिएको अनुभूति हुन्छ। सरकारले आफ्ना निकटका व्यक्तिलाई नभई बजारमा रहेका थुप्रै योग्य विज्ञहरूमध्ये एक जनालाई नेपाल विद्युत् प्राधिकरणको नेतृत्व दिने हो कि ?’  

Capture11

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप