जागिरबाट निकालिएपछि एक वर्षदेखि तनावमा थिए आत्मदाह प्रयास गरेका विवेक
सारांश
- सर्लाहीका विवेक मण्डललाई कीर्तिपुर बर्न अस्पतालमा भेन्टिलेटरमा राखी उपचार गरिँदैछ ।
- बायोलोजीमा एमएस्सी गरेका मण्डल एक वर्षदेखि जागिर गुमाएपछि मानसिक तनावमा थिए ।
- शुक्रबार दिउँसो सिसौटिया बजारचोकमा आत्मदाहको प्रयास गरेपछि उनलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो ।
काठमाडौँ । आत्मदाहको प्रयास गरेका सर्लाहीको गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलको कीर्तिपुर बर्न अस्पतालमा उपचार जारी छ ।
अस्पतालका अनुसार मण्डलको अहिले आइसीयूमा उपचार भइरहेको छ। उनको शुक्रबार बेलुकीदेखि भेन्टिलेटरमा उपचार भइरहेको हो ।
आफन्त अखलेश मण्डलले चिकित्सकले आफूलाई विवेकको शरीरको ८५ प्रतिशत भाग जलेको जानकारी दिएको बताए ।
मण्डलले चिकित्सकको कुरा उद्धृत गर्दै रातोपाटीसँग भने,‘घाउको अप्रेसन गर्ने भन्नुभएको छ । तर, ब्लड प्रेसर लो भएर अप्रेसन गर्न मिलेको छैन । शरीरको धेरै भाग जलेको छ ।’
आफन्तका अनुसार बायोलोजिमा एमएस्सी गरेका विवेक एक वर्षदेखि मानसिक तनावमा थिए ।
विवेकले रामनगरस्थित एक विद्यालयमा अध्यापन गराउँथे । विद्यालय प्रशासनले विवेकको ठाउँमा अर्का एक जनालाई नियुक्त गर्यो । सोही कारण उनी विगत एक वर्षदेखि बेरोजगार भएर बसेका थिए ।
विवेककी भाउजू शान्तिदेवी मण्डलले भनिन,‘एक वर्षदेखि घरमै बस्नुभएको थियो । मानसिक तनाव लिन थाल्नुभएको थियो । एक्कासी शुक्रबार दिउँसो १२ बजेतिर सिसौटिया बजारचोकमा आत्मदाहको प्रयास गर्नुभयो ।’
विवेकलाई शुक्रबार हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो। विवेकको अवस्था बुझ्न नेपाली कांग्रेस सभापति गगन थापा, सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंह अस्पताल पुगेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण