‘अपर तामाकोशीको लागत कसरी बढ्यो, छानबिन समिति गठन गरौं’
सोमबार, २९ असार २०८३, १० : १५
सारांश
- अपर तामाकोशीको लागत वृद्धिबारे छानबिन गर्न सांसदहरुले माग गरेका छन् ।
- राष्ट्रिय गौरवको आयोजनाको प्रगतिका विषयमा अर्थ समितिमा भएको छलफलमा सांसद सुशील खड्काले लागत वृद्धिको कारणबारे छानबिनको माग गरेका हुन् ।
- उनले अन्य आयोजनामा लागत र समय बढ्ने समस्याको समाधानका लागि पनि यो अध्ययन आवश्यक रहेको बताए ।
काठमाडौँ । अपर तामाकोशीको लागत बढेको सम्बन्धमा छानबिन समिति गठनको माग उठेको छ ।
सोमबार अर्थ समितिमा बैठकमा राष्ट्रिय गौरवका आयोजनाको प्रगतिका सम्बन्धमा राष्ट्रिय योजना आयोगसँग भएको छलफलमा सांसदहरूले यस्तो माग गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशील खड्काले सुरुमा ३२ अर्ब भनिएको अपर तामाकोशी बनाउन अन्तिममा ९१ अर्बसम्म कसरी पुग्यो भन्ने विषयमा छानबिन गर्नुपर्ने बताए । यो अध्ययनले अन्य आयोजनामा लागत र समय बढ्ने समस्याको समाधान हुनसक्ने उनको भनाइ छ ।
उनले ४० को दशकमा बनेका सिँचाई आयोजनाहरू अहिलेसम्म पनि जस्ताको तस्तै रहनुको कारण समेत खोज्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र आयरल्याण्डसँगको हारपछि भारतीय क्रिकेट टोलीको सपोर्ट स्टाफ परिवर्तन हुने सम्भावना
-
अभूतपूर्व युगमा छ इङ्ग्ल्यान्ड, अब यो टोली त्यस्तो होइन
-
घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु
-
रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
-
भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा ९ जनाको मृत्यु
-
निहारिका गेटमै धर्ना बसेपछि सिंहदरबारमा जे देखियो, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण