परिवर्तनको भ्रमबाट देश बदलिँदैन : महासचिव पोखरेल
सारांश
- नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान सङ्कटको समाधान सस्तो लोकप्रियतावाद वा क्षणिक उत्तेजनाबाट सम्भव नहुने बताएका छन् ।
- उनले देश रूपान्तरणका लागि वैचारिक स्पष्टता, स्पष्ट गन्तव्य र राजनीतिक इमानदारी अपरिहार्य रहेको बताएका हुन् ।
- पोखरेलले गलत नेतृत्वलाई जिम्मेवारी सुम्पनु नेपाली समाजको ठुलो भूल भएको र उनीहरूबाट देश रूपान्तरण सम्भव नभएको बताएका छन् ।
काठमाडौँ नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान सङ्कटको समाधान सस्तो लोकप्रियतावाद (पपुलिजम) वा क्षणिक उत्तेजनाबाट सम्भव नहुने बताएका छन् । साेमबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले देश रूपान्तरणका लागि वैचारिक स्पष्टता, स्पष्ट गन्तव्य र राजनीतिक इमानदारी अपरिहार्य रहेको बताएका हुन्।
पोखरेलले देशको विकृति, विसङ्गति र बेथिति हटाउने जिम्मेवारी गलत नेतृत्वलाई सुम्पनु नेपाली समाजको ठुलो भूल भएको उल्लेख गरेका छन्। आफैँभित्रका विकृति र आचरणगत कमजोरीहरू सुधार्न नसकेको नेतृत्वलाई विकृति अन्त्य र राजनीति सुधारको जिम्मा सुम्पनु नै हाम्रो सबैभन्दा ठुलो भूल थियो भन्ने कुरा नेपाली समाजले बिस्तारै महसुस गर्न थालेको पोखरेलले बताएका छन् ।
उनले चर्का भाषण र सस्तो लोकप्रियताको भरमा देश बदल्ने दाबी गर्नेहरूको व्यवहार नै विरोधाभासपूर्ण देखिएको उल्लेख गरेका छन् । चर्का भाषण र सस्तो लोकप्रियताको भरमा देश बदल्ने दाबी गर्नेहरूको कार्यशैली पूर्णतः विरोधाभासपूर्ण देखिएपछि उनीहरूबाट देश रूपान्तरण सम्भव छैन भन्ने कटु यथार्थ आज छर्लङ्ग भइसकेको पोखरेलको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनाको संख्या घटाएर १० वटामा सीमित गर्न योजना आयोगको सुझाव
-
आदिकविको प्रेरणाबाट राष्ट्रिय एकता सुदृढ बनाउन कांग्रेस नेता आङदेम्बेको आह्वान
-
चोरी भएका ५१ वटा स्कुटर र मोटरसाइकल धनीलाई हस्तान्तरण
-
रवि र बालेनबिच शनिबार पनि भएको थियो ४ घण्टा छलफल
-
लुकाई छिपाई राखिएको ३ करोड ८० लाख रुपैयाँ बराबरको खरबुजाको बीउ बरामद
-
अश्लील भिडियो देखाएर ब्ल्याकमेल गर्ने र सम्बन्ध टुटेपछि चरित्र हत्या गर्ने पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण