सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अस्पतालबाटै अभियन्ता माजिदले भने– मेरो जीवन रक्षा गरियोस्

सोमबार, २९ असार २०८३, ११ : ३२
सोमबार, २९ असार २०८३

सारांश

  • जेनजी अभियन्ता माजिद अन्सारीले प्रहरीले आफूलाई गैरकानुनी ढङ्गले नियन्त्रणमा लिएर कुटपिट गरिएको भन्दै जीवन रक्षाको माग गरेका छन् ।
  • शनिबार कीर्तिपुरबाट पक्राउ भएका अन्सारी पक्राउका क्रममा घाइते भएपछि हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।
  • उनले आफ्नो पक्राउको कारण र कानुनी हैसियत बारेमा कुनै जानकारी नभएको भन्दै गृहमन्त्री र प्रहरी प्रमुखलाई स्पष्ट पार्न आग्रह गरेका छन् ।

काठमाडौँ । जेनजी अभियन्ता माजिद अन्सारीले प्रहरीले आफूलाई गैरकानुनी ढङ्गले नियन्त्रणमा लिएर कुटपिट गरिएको भन्दै जीवन रक्षाको माग गरेका छन् । अन्सारीलाई शनिबार कीर्तिपुरबाट प्रहरीले पक्राउ गरेको थियो । 

पक्राउका क्रममा घाइते भएका अन्सारी हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । सोमबार अस्पतालबाट सामाजिक सञ्जालमा लेख्दै अन्सारीले  असार २७ गते शनिबार साँझ ५ बजे तिर १०–१२ जना प्रहरीले लछारपछार गर्दै कुटपिट गरी गम्भीर घाइते बनाएकोमा हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मेरो उपचार भइरहेको जनाएका छन् । 

‘मलाई अहिलेसम्म मेरो पक्राउको  कारण बारेमा कुनै जानकारी दिइएको छैन, न त मलाई कुनै पक्राउ पुर्जी देखाइएको छ’, अन्सारीले लेखेका छन्, ‘मेरो पक्राउको कानुनी हैसियत बारेमा पनि कुनै स्पष्टता छैन ।’ 

उनले गृहमन्त्री वा प्रहरी प्रमुखले यो आफ्नो पक्राउबारे स्पष्ट पार्न आग्रह गर्दै गैर कानुनी कारबाहीहरू आफुविरुद्ध किन लक्षित गरिएको भनेर प्रश्न गरेका छन् । ‘त्यसैले म सबै सम्बन्धित अधिकारीहरू, सङ्घीय सांसदका सबै माननीय सदस्यहरू, प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदायहरू तथा सबै मानव अधिकार रक्षकहरूलाई मेरो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न अनुरोध गर्दछु’, अन्सारीको माग छ ।

742185726_1308962484748375_2184506090158705151_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप