काठमाडौँका सञ्चारगृह र भाटभटेनीबाहिर शंकास्पद रूपमा गाडी पार्किङ, क्रेन लगाएर उठाइयो
काठमाडौँ । काठमाडौँका विभिन्न सञ्चारगृह तथा भाटभटेनी सुपरमार्केटबाहिर सोमबार बिहान शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएपछि सुरक्षा निकाय सतर्क बनेको छ।
प्राप्त जानकारीअनुसार तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटबाहिर गाडी राखिएको छ। यसका कारण सञ्चारकर्मीको आवतजावतमा समस्या भएको बताइएको छ।
_27xQQbhGJx.jpg)
कान्तिपुर पब्लिकेशनको गेटअगाडि पार्किङ गरिएको गाडीलाई प्रहरीले क्रेन प्रयोग गरेर हटाएको छ। यस्तै, अनामनगरस्थित भाटभटेनी सुपरमार्केटअगाडि बिहान करिब ७ बजेदेखि राखिएको अर्को गाडीको पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।
_IyPY2pLmp5.jpg)
प्रहरीले शंकास्पद रूपमा पार्किङ गरिएका गाडीका धनीको खोजी गरिरहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।
यसअघि नेपाल पत्रकार महासंघले पनि सञ्चारगृहको गेटमै शंकास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारको आवतजावतमा अवरोध सिर्जना गरिएको घटनाप्रति ध्यानाकर्षण जनाउँदै तत्काल अवरोध हटाउन, सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न तथा घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ।
_laRSnL5pCt.jpg)
_Z9tf3hRiuV.jpg)
_j8M7i4ztd7.jpg)
_OxZ97dQfuJ.jpg)
_DoSFOXjNpL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि अमेरिकी सैन्य आक्रमणः सोमबार दिउँसोसम्म कम्तीमा दुई जनाको मृत्यु
-
विधि विज्ञान प्रयोगशालाका लागि हरेक वर्ष बजेट थप्दै लैजाने मन्त्री पुनको प्रतिबद्धता
-
बजेट विवादपछि मुख्यमन्त्री काठमाडौँमा, एमाले भन्छ– ‘हाम्रो कुरा बेवास्ता गरियो’
-
बागमती प्रदेशले थाल्यो सहकारीको बचत फिर्ता, बचतकर्ताले १ लाखसम्म पाउने
-
दीपिकासँगको सम्बन्धबारे भिडियो भाइरल भएपछि अभिनेता इब्राहिमको स्पष्टीकरण
-
सामान्य प्रशासन मन्त्रालयले भन्यो– निजामती कर्मचारीको मूल्याङ्कन अब कार्यसम्पादनमा आधारित हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण