कञ्चनपुरमा महाकाली नदीमा डुबेर एक युवकको मृत्यु
मङ्गलबार, ३० असार २०८३, ०९ : १२
सारांश
- कञ्चनपुरमा महाकाली नदीमा डुबेर २२ वर्षीय मोहन सिंह ठगुन्नाको मृत्यु भएको छ।
- सोमबार दिउँसो नदीमा नुहाउने क्रममा बेपत्ता भएका ठगुन्ना डुबेकै स्थान नजिकै मृत भेटिएका हुन्।
- उनको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।
धनगढी । कञ्चनपुरमा महाकाली नदीमा डुबेर एक युवकको मृत्यु भएको छ।
सोमवार दोधारा चाँदनी नगरपालिका–४ कालिका टोल नजिकै महाकाली नदीमा डुबेर २२ वर्षीय मोहन सिंह ठगुन्नाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतका अनुसार सोमबार दिउँसो नदीमा नुहाउने क्रममा बेपत्ता भएको ठगुन्ना मृत फेला परेका थिए।
स्थानीय र प्रहरीले संयुक्त खोजी गर्दा उनी डुबेकै स्थान नजिकै मृत भेटिएका हुन्। उनका शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण