मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेस सचेतक राईको प्रश्न – 'श्री ८' बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन ?

मङ्गलबार, ३० असार २०८३, १२ : १०
मङ्गलबार, ३० असार २०८३

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भन्ने भाष्य स्थापित गर्न खोजेको आरोप लगाएका छन् ।
  • सांसद राईले देशमा संविधान र कानुनको परिधिभन्दा माथि 'श्री ८ बालेन्द्र शाह' हुनुहुन्छ भन्ने खालको चेतावनीपूर्ण सन्देश आम नागरिकलाई दिन खोजिएको टिप्पणी गरे ।
  • उनले गृहमन्त्री सुधन गुरुङले सुरक्षा र व्यवस्थापनको असफलतामाथि जवाफदेही हुनुको साटो स्थानीय तहलाई दोष थोपर्ने कार्य भएको बताए ।

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भन्ने भास्य स्थापित गर्न खोजेको आरोप लगाएका छन् । 

प्रतिनिधि सभाको आजको बैठकमा सांसद राईले देशमा संविधान र कानुनको परिधिभन्दा माथि ‘श्री ८ बालेन्द्र शाह’ हुनुहुन्छ भन्ने खालको चेतावनीपूर्ण सन्देश आम नागरिकलाई दिन खोजिएको टिप्पणी गरे।

सांसदले सम्बोधनका क्रममा पौराणिक कथाका पात्र हिरण्यकश्यपुको प्रसंग उल्लेख गर्दै वर्तमान सरकारको कार्यशैली सोही प्रवृत्तिसँग मिल्दोजुल्दो रहेको आरोप लगाए। 

‘हिरण्यकश्यपुको राज्यमा प्रश्न गर्नु नै सबैभन्दा ठूलो अपराध मानिन्थ्यो र सत्य बोल्ने आफ्नै छोरा प्रह्लादलाई सजाय दिने प्रयास गरिएको थियो,’ उनले भने, ‘आज यो देशमा पनि सुरक्षा घेराभित्र लुकेर हिँड्ने अनधिकृत पात्रहरूको आतंक बढेको छ र प्रश्न बर्जित गर्न खोजिँदैछ।’

उनले गृहमन्त्री सुधन गुरुङले सुरक्षा र व्यवस्थापनको असफलतामाथि जवाफदेही हुनुको साटो स्थानीय तहलाई दोष थोपर्ने कार्य भएको बताए।

 १८२ सिटको प्रचण्ड बहुमतले संविधान उल्लंघन गर्ने वा नागरिकको मुख थुन्ने लाइसेन्स नदिने स्पष्ट पार्दै उनले बहुमत संविधानभन्दा माथि हुन नसक्ने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप