सञ्चारगृहले बिना अवराेध प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्न पाउनुपर्छ : प्रलाेपा
मङ्गलबार, ३० असार २०८३, १४ : २१
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का प्रचार विभाग प्रमुख रजमान तामाङले सञ्चार गृहमाथि लगाइएको आर्थिक नाकाबन्दी र गाडी तेर्साएर अवरोध पुर्याउने कार्यको निन्दा गरेका छन्।
- नेता तामाङले शाही सैनिक शासनकालको झल्को दिने यस्तो हर्कत बन्द गरी सञ्चार गृहलाई बिना अवरोध प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्न दिनुपर्नेमा जोड दिएका छन्।
- उनले नेपाल पत्रकार महासङ्घ लगायत सङ्घसंस्थाको मागप्रति ऐक्यबद्धता जनाउँदै यस्तो जङ्गली हर्कत बन्द गर्न सम्बन्धित पक्षलाई चेतावनी दिएका छन्।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) का प्रचार विभाग प्रमुख रजमान तामाङले नेपाली सञ्चार जगतलाई प्रारम्भमा आर्थिक नाकाबन्दी र अहिले संचारगृहको मुल गेटमा गाडी तेर्स्याएर अवरोध पुर्याउने हर्कतको निन्दा गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता तामाङले शाही सैनिक शासनकालको झल्को दिने यस्तो हर्कत बन्द हुनुपर्ने र बिना अवरोध सञ्चार गृहले आफ्नो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्न पाउनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासङ्घ लगायत सङ्घसंस्थाको मागप्रति ऐक्यबद्धता जाहेर गर्दै यस्तो जङ्गली हर्कत बन्द गर्न सम्बन्धित पक्षलाई उनले चेतावनी समेत दिएका छन्।
सोमबार बिहानै उपत्यकाका तीन वटा सञ्चारमाध्यमको गेटमा शङ्कास्पद रूपमा गाडी पार्किङ गरिएका थिए । उक्त कार्यको चौतर्फी विरोध भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
संसद्ले लोकतान्त्रिक बाटो बिराउँदैछ : सांसद कार्की
-
मानवअधिकार आयोग पुगे भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी
-
यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई सभामुखको निर्देशन
-
सिमखोलामा बगेको स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता
-
तेल लगाएर होइन नेल लगाएर आएका हौँ, सङ्घर्ष कति बेला गर्ने थाहा छ : खगेन्द्र सुनार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण