भवन र शय्या हुनु मात्रै बर्न उपचारको सुनिश्चितता होइन : खुश्बु ओली
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले देशको स्वास्थ्य प्रणाली, जलन (बर्न) उपचारको अवस्था र आन्दोलनका घाइतेहरूको व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन्।
- सांसद ओलीले प्रधानमन्त्री कार्यालयले विभिन्न अस्पतालमा ‘बर्न वार्ड’ पूर्ण रूपमा सञ्चालन गर्न दिएको भनिएको निर्देशनको आधिकारिकतामाथि प्रश्न उठाइन्।
- उनले दक्ष जनशक्ति, प्लास्टिक सर्जन, प्रशिक्षित नर्स र आवश्यक उपकरणबिनाको बर्न वार्डले बिरामीको ज्यान जोगाउन नसक्ने स्पष्ट पारिन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले देशको स्वास्थ्य प्रणाली, जलन (बर्न) उपचारको अवस्था र आन्दोलनका घाइतेहरूको व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ओलीले सरकारका निर्देशहरू प्रचारमुखी मात्र भएको र धरातलीय यथार्थभन्दा टाढा रहेको टिप्पणी गरेकी हुन् ।
प्रमुख सचेतक ओलीले प्रधानमन्त्री कार्यालयले विभिन्न अस्पतालमा ‘बर्न वार्ड’ पूर्ण रूपमा सञ्चालन गर्न दिएको भनिएको निर्देशनको आधिकारिकतामाथि प्रश्न उठाइन्। सम्बन्धित निकायहरूबाट औपचारिक निर्देशन प्राप्त नभएको जानकारी आएको उल्लेख गर्दै उनले निर्णय भएको भए स्पष्ट पार्न र नभएको भए खण्डन गर्न सरकारलाई चुनौती दिइन्।
सांसद ओलीले कीर्तिपुर बर्न अस्पताललाई ‘राष्ट्रिय प्रशिक्षण केन्द्र’ बनाएर देशभरका स्वास्थ्यकर्मीलाई कम्तीमा एक वर्ष वा तत्कालका लागि एक महिनाको भए पनि विशेष जलन व्यवस्थापन तालिम दिन सुझाव दिइन्। साथै प्रदेश अस्पतालहरू सक्षम नहुँदासम्म देशभरका जलनका बिरामीलाई कीर्तिपुरमा निःशुल्क र शीघ्र रिफर गर्ने राष्ट्रिय संयन्त्र निर्माण गर्न उनले माग गरिन्।
कीर्तिपुर अस्पतालका लागि विनियोजित ८ करोड रुपैयाँ अघिल्लो सरकारको समयदेखि नै रोक्का भएको भन्दै उनले उक्त रकम तत्काल उपलब्ध गराउन आग्रह गरिन्। बैठकमा बोल्दै उनले भनिन्, ‘नेपालका १८ वटा अस्पतालमा बर्न वार्ड त छन्, तर भवन र शय्या हुनु मात्रै उपचारको सुनिश्चितता होइन।’ दक्ष जनशक्ति, प्लास्टिक सर्जन, प्रशिक्षित नर्स र आवश्यक उपकरणबिनाको बर्न वार्डले बिरामीको ज्यान जोगाउन नसक्ने उनले स्पष्ट पारिन्।
कीर्तिपुर बर्न अस्पतालको स्थलगत अवलोकन र सरोकारवालासँगको छलफललाई उद्धृत गर्दै उनले नेपालमा वार्ड मात्र नभई समग्र ‘बर्न उपचार प्रणाली’ मै सुधारको खाँचो रहेको औँल्याइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त
-
महत्त्वपूर्ण क्षेप्यास्त्र भण्डार अभावको जोखिममा अमेरिका
-
बालेनसँगकाे छलफलदेखि उठेका विभिन्न प्रश्नबारे रवि लामिछानेले के भने ?
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण