बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी

बुधबार, ३१ असार २०८३, १५ : ५०
बुधबार, ३१ असार २०८३

सारांश

  • सरकारले सङ्घीय संसद्मा १६६ वटा विधेयक ल्याउने तयारी गरेको छ ।
  • कानुनमन्त्री सोबिता गौतमले राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई विधेयकहरूको सूची बुझाइन् ।
  • अध्यक्ष दाहालले संविधान कार्यान्वयनका लागि कानुन निर्माणको आवश्यकता औंल्याउँदै विधेयकहरू छिटो पेस गर्न आग्रह गरे ।

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले १६६ विधेयक सङ्घीय संसद्मा ल्याउने तयारी गरेको छ । 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर सरकारले सङ्घीय संसद्‌मा ल्याउने तयारी गरेका १६६ वटा विधेयकको सूची बुझाएकी अध्यक्ष दाहालको सचिवालयले जानकारी दिएको छ। 

अध्यक्ष दाहालले सरकारले सङ्घीय संसद्‌मा पेस गर्ने विधेयकहरूको तयारी गरिरहेको थाहा पाउँदा खुसी लागेको भेटमा बताएको सचिवालयले जनाएको छ ।  

उनले संविधानको कार्यान्वयनका लागि थुप्रै कानुनहरू निर्माण गर्न बाँकी रहेको र सङ्घीय संसद्लाई बिजनेस आवश्यक भएको उल्लेख गर्दै सरकारको तर्फबाट जतिसक्यो छिटो विधेयक पेस गर्न आग्रह गरेका थिए । 

छिटो छरितो ऐन कानुन निर्माण गरी देश र जनतालाई थप सहज गराउन र कानुनी व्यवस्थाको प्रत्याभूति दिलाउन सबैको सकारात्मक पहलकदमी जरुरी रहेको अध्यक्ष दाहालको भनाइ थियो । 

सरकारले जतिसक्यो छिटो र धेरै विधेयक संसद्‌मा पेस गर्दा कानुन निर्माणको काममा राष्ट्रिय सभाले कुनै ढिलाइ नगर्ने बताए । 

भेटमा मन्त्री गौतमले सङ्घीय संसद्‌मा पेस गर्ने विधेयकहरूको प्राथमिकता समेत गरेर तयारी गरिरहेको बताउँदै संसद्लाई बिजनेसविहीन हुन नदिने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप