मिटरब्याज पीडितको आँसु पुछ्न सरकारसँग सांसद अधिकारीको माग
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि सरकारले ठोस कदम चाल्नुपर्ने माग गरेकी छन्।
- सांसद अधिकारीले विपन्न नागरिकहरू न्यायका लागि कति पटक सडकमा आउनुपर्ने र कति किलोमिटर पैदल हिँड्नुपर्ने भन्दै सरकारलाई प्रश्न गरेकी छन्।
- उनले पीडितहरू रहेकै स्थानमा पुगेर समस्या समाधानको पहल गर्ने, पीडितलाई उठिबास गराउने सबै मुद्दाहरू तत्काल रोक्न र हडपिएको जग्गा फिर्ता गराउने ठोस र स्थायी कानुनी संयन्त्र तत्काल बनाउन सरकारसँग माग गरिन्।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि सरकारले ठोस कदम चाल्नुपर्ने माग गरेकी छन्।
बुधबारकाे प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद अधिकारीले विपन्न नागरिकहरू न्यायका लागि कति पटक सडकमा आउनुपर्ने र कति किलोमिटर पैदल हिँड्नुपर्ने भन्दै सरकारलाई प्रश्न गरेकी छन्।
उनले सरकारसँग पटक–पटक सहमति भए पनि र कानुन बने पनि ती सहमतिहरू कागजमै सीमित भएको बताइन् ।
‘विपन्न नागरिक न्यायका लागि कति पटक सडकमा आउनुपर्ने हो? कति किलोमिटर पैदल हिँड्नुपर्ने हो ? कति रात सडकमा भोकभोकै धर्ना दिनुपर्ने हो ?’ सांसद अधिकारीले भनिन्, ‘भूँइमान्छेहरूको अवस्था अझै उस्तै छ। सहमति कागजमै सीमित रहे ।’
असार २५ गतेदेखि धनुषाबाट करिब ५०० मिटरब्याज पीडितहरू न्याय नपाएसम्म घर नफर्कने अडानसहित पुनः पैदल मार्चमा निस्किएको सन्दर्भ उल्लेख गर्दै उनले यो विषय सामान्य लेनदेन मात्र नभई राज्यको न्याय प्रणालीमाथिको प्रहार भएको टिप्पणी गरिन् ।
सांसद अधिकारीले पीडितहरू रहेकै स्थानमा पुगेर समस्या समाधानको पहल गर्ने,पीडितलाई उठिबास गराउने सबै मुद्दाहरू तत्काल रोक्न र हडपिएको जग्गा फिर्ता गराउने ठोस र स्थायी कानुनी संयन्त्र तत्काल बनाउन सरकारसँग माग गरिन् । उनले गरिब र निमुखा नागरिकको आँसु पुछ्ने काम राज्यले तत्काल गर्नुपर्नेमा जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण