बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु

बिहीबार, ३२ असार २०८३, ०० : ४२
बिहीबार, ३२ असार २०८३

सारांश

  • फिफा विश्वकपको दोस्रो सेमिफाइनलमा इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीचको खेल नेपाली समय अनुसार बिहीबार राति सुरु भएको छ ।
  • २४ वर्षपछि विश्वकपको मञ्चमा आमनेसामने भएका यी दुई टोलीमध्ये विजयी हुनेले फाइनलमा स्पेनको सामना गर्नेछ ।
  • इङ्ग्ल्यान्डले कप्तान ह्यारी केनको नेतृत्वमा र अर्जेन्टिनाले कप्तान लियोनेल मेस्सीको नेतृत्वमा खेल सुरु गरेको छ ।

काठमाडौँ ।  फिफा विश्वकपको दोस्रो सेमिफाइनल अन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित खेल सुरु भएको छ । २४ वर्षपछि विश्वकपको मञ्चमा आमनेसामने भएका यी दुई ऐतिहासिक प्रतिद्वन्द्वीबिचको खेल नेपाली समय अनुसार बिहीबार राति सुरु भएको हो । आजको खेल जित्ने टोलीले आगामी आइतबार न्युयोर्क–न्युजर्सी स्टेडियममा हुने फाइनल स्पर्धामा स्पेनको सामना गर्नेछ ।

यस खेलका लागि दुवै टोलीले आफ्ना आधिकारिक सुरुआती–११ मैदानमा उतारेका छन् । इङ्ग्ल्यान्डले ४–२–३–१ को फर्मेसनमा कप्तान ह्यारी केनको नेतृत्वमा खेल सुरु गरेको छ भने अर्जेन्टिना ४–४–२ को फर्मेसनमा कप्तान लियोनेल मेस्सीको नेतृत्वमा मैदानमा उत्रिएको छ । ३९ वर्षीय मेस्सीका लागि आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरमा इङ्ग्ल्यान्डविरुद्धको यो पहिलो खेल हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप