फिफा विश्वकप २०२६
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
बिहीबार, ३२ असार २०८३, ०२ : ३९
सारांश
- इन्जुरी समयमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २-१ को अग्रता दिलाएका छन्।
- निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि थपिएको समयको दोस्रो मिनेटमा अर्जेन्टिनाले गोल गर्यो।
काठमाडाैँ । फिफा विश्वकपको सेमिफाइनल खेलको थप गरिएको समय (इन्जुरी टाइम) मा अर्जेन्टिनाले अर्को गोल थप्दै खेलमा २-१ को नाटकीय अग्रता लिएको छ । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि थपिएको समयको दोस्रो मिनेट अर्थात् ९०+२औँ मिनेटमा अर्जेन्टिनाले दोस्रो गोल गर्न सफल भएको हो ।
अर्जेन्टिनाका लागि स्ट्राइकर लाउटारो मार्टिनेजले ९०+२औँ मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई जितको निकै नजिक पुर्याएका हुन् । यसअघि खेलको ५५औँ मिनेटमा इङ्ग्ल्यान्डका एन्थनी गोर्डनले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए भने ८५औँ मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले बराबरी गोल फर्काएका थिए । खेल बराबरी तर्फ धकेलिरहेका बेला मार्टिनेजको यो गोल निर्णायक साबित हुने मोडमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण