धान रोपिरहेका बेला चट्याङ पर्दा ७ महिला घाइते
सारांश
- पर्साको पकहामैनपुर गाउँपालिकामा धान रोपिरहेका ७ महिला चट्याङ लागेर घाइते भएका छन् ।
- घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने पाँच जनाको अवस्था मध्यम रहेको छ ।
- एक जनाको स्थानीय अस्पतालमा र अन्य ६ जनाको भारतको रक्सौलस्थित अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौँ । पर्साको पकहामैनपुर गाउँपालिका–०१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा ७ जना महिला घाइते भएका छन् । बिहीबार वर्षासँगै परेको चट्याङका कारण ७ जना महिला घाइते भएका हुन् ।
घाइते हुनेहरूमा पर्साको पकहामैनपुर गाउँपालिका–०१ बस्ने अन्दाजी ५५ वर्षीया शान्तिदेवी सहनी, ५५ वर्षीया राधिकादेवी सहनी, ५५ वर्षीया रितादेवी सहनी, ५२ वर्षीया कुश्मीदेवी सहनी, ४२ वर्षीया सन्ध्यादेवी, ३५ वर्षीया प्रमिला सहनी र ३५ वर्षीया संगीता देवी रहेका छन् ।
घाइतेहरूमध्ये शान्तिदेवी सहनीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अन्य ६ जना घाइतेहरूको भारतको रक्सौलस्थित डंकन अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये कुश्मीदेवी सहनीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य ५ जनाको अवस्था मध्यम रहेको छ । घटनाबारे थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ
-
प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट
-
लागुऔषधसहित २५ जना पक्राउ
-
अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह
-
अर्थतन्त्रमा लघु, साना तथा मझौला उद्योगको योगदान ९९ प्रतिशत, प्राथमिकता दिन सांसद अनुष्का श्रेष्ठको जोड
-
एक वर्षमा २७४ जनामा डेङ्गु सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण