बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो

सुकुम्बासीको सामान साढे दुई महिनादेखि दशरथ रंगशालामा अलपत्र, तस्बिरमा हेर्नुहोस्

बिहीबार, ३२ असार २०८३, १५ : ३३
बिहीबार, ३२ असार २०८३

सारांश

  • सरकारले गत वैशाखमा काठमाडौं उपत्यकाका नदी किनारका सुकुमबासी बस्ती खाली गराएको थियो।
  • सुकुम्बासीको सामान साढे दुई महिनादेखि दशरथ रंगशालामा अलपत्र परेको छ।
  • पानीले भिजेर अधिकांश सामान कुहिएर गन्हाएको छ।

काठमाडौँ । सरकारले गत वैशाखमा काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्न डोजर चलायो। 

सुकुमबासी र उनीहरुको सामान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लगेर राखियो। त्यसपछि सुकुमबासीहरुलाई सरकारले अल्पकालीन व्यवस्थापन स्वरुप उनीहरुलाई होल्डिङ सेन्टरहरुमा लग्यो।

 सुकुमबासीहरु सर्ने क्रममा उनीहरुको केही सामान भने रंगशालामै छुटेको थियो। करिब साढे २ महिनादेखि यो सामान रंगशालामै छ। पानीले भिजेर धेरैजसो सामान कुहिएर गन्हाएको रंगशालाका कर्मचारीहरुले बताए।

 गृह मन्त्रालय र काठमाडौं महानगरपालिकालाई सामान सार्न आग्रह गर्दा वास्ता नगरिएको राखेपका कर्मचारीको गुनासो छ।

Sukumbasiko saman at Rangasla_NPL (1)Sukumbasiko saman at Rangasla_NPL (2)Sukumbasiko saman at Rangasla_NPL (3)Sukumbasiko saman at Rangasla_NPL (4)Sukumbasiko saman at Rangasla_NPL (5)Sukumbasiko saman at Rangasla_NPL (6)Sukumbasiko saman at Rangasla_NPL (7)Sukumbasiko saman at Rangasla_NPL (8)Sukumbasiko saman at Rangasla_NPL (9)Sukumbasiko saman at Rangasla_NPL (10)Sukumbasiko saman at Rangasla_NPL (11)Sukumbasiko saman at Rangasla_NPL (12)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप