अन्तिम समयमा बढेर बन्द भयो सेयर बजार
सारांश
- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ७.५० अंकले बढेर २५९७.८० विन्दुमा पुगेको छ ।
- कारोबार बन्द हुनुभन्दा ५ मिनेट अघिसम्म २५८२ अंकको हाराहारीमा रहेको बजार अन्तिम समयमा १५ अंकले सुधारिएको थियो ।
- बिहीबार ३७१ कम्पनीको ९४ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
काठमाडौं । कारोबारको अन्तिम समयमा देखिएको उत्साहले बिहीबार सेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.५० अंकले बढेर २५९७.८० विन्दुमा पुगेको हो ।
आज दिनभर बजार परिसूचक घट्दो अवस्थामा थियो । कारोबार बन्द हुनुभन्दा ५ मिनेट अघिसम्म बजार २५८२ अंकको हाराहारीमा थियो । तर, अन्तिम समयमा बजारले एकैपटक झण्डै १५ अंकको सुधार हासिल गर्यो । योसँगै बजार बढेर बन्द भएको हो ।
आज १२१ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन छैन ।
बजारमा तीन कम्पनीको सेयर मूल्य १४ प्रतिशत भन्दा धेरैले बढेको छ । यी कम्पनीहरुमा एनआईबीएल ग्रोथको १४.९६ प्रतिशत, फस्ट माइक्रोको १४.६७ प्रतिशत र चिरखुवा हाइड्रोको १४.३४ प्रतिशत रहेका छन् ।
बिहीबार ३७१ कम्पनीको ९४ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
जसमध्ये सबैभन्दा धेरै कारोबार सिंगटी हाइड्रो इनर्जीको भएको छ । सिंगटीको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै ८.५ प्रतिशत सानिमा डिभेन्चरको २३ करोड, एनआरएन इन्फ्राइस्ट्रकचरको २२ करोड, सेन्चुरी डिभेन्चरको १८ करोड र रिडि पावरको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले प्रदेश खारेजीको माग गरिरहँदा तपाईंहरूको व्यवहारले उनीहरूलाई बल पुग्दैन ?
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण