बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कर्णाली प्रदेश

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बिहीबार, ३२ असार २०८३, १६ : ५०
बिहीबार, ३२ असार २०८३

सारांश

  • कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।
  • विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका ११ जना सांसद, राजकुमार शर्मा र कांग्रेसका ५ जना सांसद मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।  बिहीबार विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका ११ जना सांसद, राजकुमार शर्मा र कांग्रेसका ५ जना सांसद मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

नेपालको संविधानको धारा १८८ को उपधारा ४ र ५ बमोजिम यो प्रस्ताव दर्ता गरिएको हो । बुधबार सत्तारुढ दल नेपाली कांग्रेसले सरकार छाडेको थियो । सरकारमा सहभागी ४ नजा मन्त्रीले राजीनामा दिए पनि समर्थन भने फिर्ता लिएको थिएन ।

तर बिहीबार कांग्रेसका केही सांसद प्रतिपक्ष दलसँग मिलेर मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका हुन् । नेकपा प्रमुख सचेतक कृष्णबहादुर जिसीले अविश्वासको प्रस्ताव दर्ता भएको रातोपाटीलाई पुष्टि गरे ।  अविश्वासको प्रस्ताव ल्याउने सांसदहरुले जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन् । 

यी हुन् मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सांसदहरु :

743796266_1699074318030747_2469701195848795861_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप