पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
ढाका । बङ्गलादेश प्रहरीले पूर्वराष्ट्रपति जियाउर रहमानको हत्यामा संलग्न रहेको आरोप लागेका एक अवकाशप्राप्त सैन्य अधिकारीलाई बिहीबार पक्राउ गरेको छ ।
४० वर्षभन्दा बढी समयअघि भएको पूर्वराष्ट्रपति रहमानको हत्याका आरोपितलाई प्रहरीले लामो खोजीपछि नियन्त्रणमा लिन सफल भएको हो ।
बङ्गलादेशको राष्ट्रपति बनेका युद्ध नायक रहमानको सन् १९८१ मा एक सैन्य कूका क्रममा हत्या भएको थियो । उनको हत्यामा संलग्नता रहेका भनिएका १८ सैन्य अधिकारीहरूलाई विद्रोहको आरोपमा दोषी ठहर गरिएको थियो । तीमध्ये १३ जनालाई यसअघि नै झुन्ड्याएर मृत्युदण्ड दिइसकिएको छ ।
हत्याका आरोपितमध्येका एक मोहम्मद मोजाफ्फर होसैन रहमानको मृत्युपछि तुरुन्तै फरार भएका थिए । प्रहरीले होसैनको पक्राउमा सहयोग गर्ने सूचनाका लागि दुई हजार अमेरिकी डलर पुरस्कारसमेत घोषणा गरेको थियो ।
प्रहरीको गुप्तचर शाखाका प्रमुख मोहम्मद शफिकुल इस्लामले एएफपीलाई जानकारी दिँदै भने, ‘राष्ट्रपति जियाउर रहमानको हत्या भएपछि मोहम्मद मोजाफ्फर होसैन सन् १९८१ देखि नै फरार हुनुहुन्थ्यो, हामीले आज उहाँलाई पक्राउ गरेका छौँ ।’ इस्लामका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा होसैनले हत्यामा आफ्नो भूमिका रहेको कुरा पुष्टि गरेका छन् ।
प्रहरीले संदिग्ध होसैनलाई ढाकामा अवतरण गरेलगत्तै छोटो समयमै पक्राउ गरेको हो । प्रमुख इस्लामले भने, ‘होसैनले कू प्रयासपछि तुरुन्तै बङ्गलादेश छोडी विदेश पलायन हुनुभएको थियो भने उहाँ लामो समयसम्म विदेशमा रहनुभएको थियो ।’
स्वर्गीय राष्ट्रपति रहमानका छोरा तारिक रहमान अहिले बङ्गलादेशको प्रधानमन्त्री छन् । बङ्गलादेशका संस्थापक राष्ट्रपति शेख मुजिबुर रहमानको हत्या भएपछि ज्याउर रहमान सन् १९७७ मा राष्ट्रपति बनेका थिए । उनको चार वर्षे राष्ट्रपतिकालमा दर्जनौँ पटक कूका प्रयासहरू भएका थिए ।
रहमानको हत्याको परिस्थिति अझै पनि रहस्यमय नै मानिन्छ । तत्कालीन समयमा आफ्नो नवगठित राजनीतिक दलभित्रको सङ्कट समाधान गर्न चट्टोग्राम भ्रमणमा गएका बेला उनको हत्या भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण