श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
शनिबार, ०२ साउन २०८३, १४ : ५४
सारांश
- सङ्खुवासभामा श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
- चैनपुर नगरपालिका-०७ घर भई हाल मादी नगरपालिका -०४ डाँडागाउँ बस्दै आएका अन्दाजी ५६ वर्षीय अमरबहादुर सार्कीले आफ्नै श्रीमती फुलमाया मुदेलको हत्या गरेका हुन् ।
- घरायसी विवादका क्रममा धारिलो हतियार (खुकुरी) प्रहार गरी श्रीमतीको हत्या गरेको र घटनामा प्रयोग गरिएको खुकुरीसहित सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ । सङ्खुवासभामा श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको चैनपुर नगरपालिका–०७ घर भई हाल मादी नगरपालिका –०४ डाँडागाउँ बस्दै आएका अन्दाजी ५६ वर्षीय अमरबहादुर सार्की सो आरोपमा पक्राउ परेका हुन् ।
उनले ४३ वर्षीया श्रीमती फुलमाया मुदेललाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । घरायसी विवादका क्रममा उनले आफ्नै घरमा रहेको धारिलो हतियार (खुकुरी) प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनामा प्रयोग गरिएको खुकुरीसहित अमरबहादुरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण