टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
शनिबार, ०२ साउन २०८३, १५ : ५४
सारांश
- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलको राजमार्ग चौराहामा टिपरको ठक्करबाट ईभी साइकल चालकको मृत्यु भएको छ ।
- दुर्घटनामा सिद्धार्थनगर नगरपालिका–५, बैङ्क रोड, भैरहवा निवासी ६० वर्षीय तारचन सुनारको मृत्यु भएको हो ।
- दुर्घटनापछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलको राजमार्ग चौराहामा टिपरको ठक्करबाट ईभी साइकल चालकको मृत्यु भएको छ । आज दिउँसो भएको दुर्घटनामा सिद्धार्थनगर नगरपालिका–५, बैङ्क रोड, भैरहवा निवासी ६० वर्षीय तारचन सुनारको मृत्यु भएको हो ।
भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख ३००२ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको ईभी साइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका सुनारको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिए ।
दुर्घटनापछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण