एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
सारांश
- नेकपा एमालेका नेता ईश्वर पोखरेलकी श्रीमती मिरा पोखरेल (ध्वोजु) लाई क्यान्सर भएको छ ।
- नेता पोखरेलले भारतको गुरूगाउस्थित मेदान्त अस्पतालमा श्रीमतीको क्यान्सरको उपचार भइरहेको जानकारी दिएका छन् ।
- उपचार जारी रहने भएकाले देशभित्रका गतिविधिहरूमा प्रत्यक्ष रूपमा जोडिन नसकेको उनले बताएका छन् ।
काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलकी श्रीमती मिरा पोखरेल (ध्वोजु) लाई क्यान्सर भएको छ । नेता पोखरेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रीमती मिरालाई क्यान्सर भएको जानकारी दिएका हुन् ।
उनले मिरालाई के को क्यान्सर भएको हो खुलाएका भने छैनन् । नेता पोखरेलले भारतको गुरूगाउस्थित मेदान्त अस्पतालमा श्रीमतीको क्यान्सरको उपचार भइरहेको जानकारी दिँदै उपचारमा खटिनुपरेकाले देशभित्रका गतिविधिहरूमा प्रत्यक्ष रूपमा जोडिन नसकेको बताएका छन् ।
उनले भनेका छन् : ‘भारतको गुरूगाउस्थित मेदान्त अस्पतालमा श्रीमती मिरा पोखरेल (ध्वोजु) क्यान्सरको उपचारमा रहनुपरेको र म स्वयम् पनि त्यस कार्यमा प्रत्यक्ष जोडिनु परेका कारण यसबिच देशभित्रका गतिविधिहरूमा प्रत्यक्ष जोडिन नसकेको सबैमा जानकारी गराउन चाहन्छु । उपचारको क्रम अझै जारी रहने भएका कारण मेरो उपस्थिति र गतिविधि अझै प्रभावित रहने कुरा पनि जानकारी गराउँछु ।’
उनले श्रीमतीप्रति स्वास्थ्य लाभको कामना गर्दै विभिन्न माध्यमबाट सम्पर्क गर्ने र प्रतिकूलतामा पनि प्रत्यक्ष भेट्न आउने साथीहरू तथा आफन्तजनप्रति आभार व्यक्त गरेका छन् । मिरा संविधानसभा सदस्य पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण