गौर भन्सारको उपलब्धि : लक्ष्यभन्दा ४१ प्रतिशत बढी राजस्व सङ्कलन
सारांश
- आर्थिक वर्ष २०८२/८३ मा गौर भन्सार कार्यालयले ४६ करोड ९९ लाख राजस्व सङ्कलन गरी लक्ष्यभन्दा ४१.१४ प्रतिशत बढी हासिल गरेको छ।
- कार्यालयले प्रभावकारी राजस्व व्यवस्थापन, चुहावट नियन्त्रण, आयात कारोबारमा वृद्धि र सक्रिय अनुगमनमार्फत यो उपलब्धि प्राप्त गरेको जनाएको छ।
- राजस्व सङ्कलनका साथै चोरी निकासी नियन्त्रणमा पनि गौर भन्सारले उल्लेख्य प्रगति गर्दै विभिन्न निकायबाट मुद्दा दर्ता र मालवस्तु तथा सवारी साधन लिलाम बिक्री गरेको छ।
रौतहट । जिल्ला भन्सार कार्यालय गौरले आर्थिक वर्ष २०८२/८३ मा निर्धारित लक्ष्यभन्दा ४१.१४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयले गत आर्थिक वर्षमा कुल ४६ करोड ९९ लाख राजस्व सङ्कलन गरेको हो, जबकि वार्षिक लक्ष्य रु ३३ करोड २९ लाख निर्धारण गरिएको थियो।
जिल्ला भन्सार कार्यालय गौरका प्रमुख विकासकुमार रजकका अनुसार कार्यालयले लक्ष्यभन्दा करिब १३ करोड ७० लाख बढी राजस्व सङ्कलन गर्दै उत्कृष्ट कार्यसम्पादन गरेको छ। लक्ष्य भन्दा बढी सङ्कलित राजस्व ४१.१४ प्रतिशतले बढेको हो। प्रमुख रजकका अनुसार यो उपलब्धि प्रभावकारी राजस्व व्यवस्थापन, चुहावट नियन्त्रण, आयात कारोबारमा वृद्धि तथा कार्यालयको सक्रिय अनुगमनको परिणाम हो।
कार्यालयले साउनमा २ करोड ७७ लाख रुपैयाँ ,भदौमा २ करोड ४७ लाख ,असोजमा २ करोड २८ लाख , कात्तिकमा २ करोड २६ लाख , मङ्सिरमा ४ करोड ३७ लाख राजस्व सङ्कलन गरेको थियो।
त्यसैगरी पुसमा ५ करोड ६२ लाख रुपैयाँ, माघमा ३ करोड ३६ लाख , फागुनमा २ करोड ७९ लाख , चैतमा ४ करोड ७३ लाख , वैशाखमा ५ करोड २३ लाख , जेठमा ५ करोड २१ लाख र असारमा ५ करोड ९४ लाख राजस्व सङ्कलन गरेको जनाएको छ। समग्रमा आर्थिक वर्ष २०८२!०८३ मा लक्ष्य भन्दा ४१.१४ प्रतिशत बढी राजस्व सङ्कलन भएको जिल्ला भन्सार कार्यालय गौरका प्रमुख विकास कुमार रजाकले जानकारी दिएका छन्।
राजस्व संकलनसँगै चोरी निकासी तथा पैठारी नियन्त्रणमा पनि गौर भन्सारले प्रभावकारी उपलब्धि हासिल गरेको छ। कार्यालयका अनुसार आर्थिक वर्षभरि भन्सार गस्ती टोलीले रु ११ लाख २६ हजार ६९४ बराबरका २२ वटा मुद्दा दर्ता गरेको छ।
त्यसैगरी, सशस्त्र प्रहरी बल, नेपालले रु ४ करोड ५ लाख १९ हजार ११० बराबरका ४८१ वटा तथा नेपाल प्रहरीले रु ५ करोड ५५ लाख १८ हजार १०६ बराबरका १५१ वटा चोरी निकासी तथा पैठारीसम्बन्धी मुद्दा दर्ता गराएको कार्यालयले जनाएको छ।
चोरी पैठारीका अभियोगमा जफत गरिएका मालवस्तु तथा सवारी साधनको व्यवस्थापनतर्फ पनि कार्यालयले उल्लेखनीय प्रगति गरेको छ। कार्यालयले रु १ करोड ६९ हजार ६७४ बराबरका मालवस्तु तथा रु १ करोड ३३ लाख १४ हजार ९७५ बराबरका सवारी साधन लिलाम बिक्री गरी थप राजस्व सङ्कलन गरेको जनाएको छ।
भन्सार प्रशासनले राजस्व चुहावट नियन्त्रण, सीमाक्षेत्रमा निगरानी कडा बनाउने, चोरी निकासी तथा पैठारी नियन्त्रणमा सुरक्षा निकायसँगको समन्वय प्रभावकारी बनाउने तथा सेवा प्रवाह सुधारका कारण यो उपलब्धि हासिल भएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको एकताको मर्म विपरीत काम भइरहेको भन्दै गंगाधर गौतमको आपत्ति
-
बागमती नदीबाट उद्धार गरिएका बालकको उपचारको क्रममा मृत्यु
-
अनेरास्ववियू (क्रान्तिकारी)द्वारा सरकारका निर्णयको विरोध, शिक्षा–स्वास्थ्य कर खारेज गर्न माग
-
काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न
-
धनगढीबाट अभौतिक मुद्रा कारोबारमा संलग्न ९ जना पक्राउ
-
बागमती सरकारबाट एमाले बाहिरिँदै, अब के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण