‘जदौ’ को शीर्ष गीत `जदौ हजुरमा´सार्वजनिक
सारांश
- चलचित्र ‘जदौ’ को शीर्ष गीत `जदौ हजुरमा´ हाइटेक इन्टरटेन्मेन्ट युट्युवमार्फत सार्वजनिक गरिएको छ ।
- राजनराज शिवाकोटी र रचना रिमालले गाएको तथा बाबुल गिरीले शब्द र संगीत दिएको गीतमा नीति शाह, प्रभातपाल ठकुरी, राजश्री थापा लगायतका कलाकार फिचर छन् ।
- अन्जन शर्मा र काजी लिम्बुको निर्देशनमा बनेको यो फिल्म ९ असोजमा देशव्यापी प्रदर्शनमा आउने छ ।
काठमाडौँ । चलचित्र ‘जदौ’ को शीर्ष गीत `जदौ हजुर ´सार्वजनिक गरिएको छ । हाइटेक इन्टरटेन्मेन्ट युट्युवमार्फत दर्शकमाझ ल्याइएको डान्सिङ बिटको गीतमा राजनराज शिवाकोटी र रचना रिमालको स्वर छ । बाबुल गिरीको शब्द र संगीतमा रहेको गीतमा नीति शाह,प्रभातपाल ठकुरी,राजश्री थापालगायतका प्रमुख कलाकार फिचर छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।
अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको फिल्म ९ असोजमा देशव्यापी प्रदर्शनमा आउने छ ।
समीश्रण मुभीज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको ‘जदौ’ मा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रतातपाल ठकुरी, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटालगायतका कलाकारले अभिनय गरेका छन् ।
श्याम तामाङ र नवराज उप्रेतीले खिचेको फिल्मको सहनिर्मातामा राजाराम सुवेदी, सुमीत्रा देवकोटा, दीपक पोखरेल, नारायण शास्त्री र डिल्ली पोखरेल छन् । सृजना शर्मा र मनिष शर्मा निर्माता अनि शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको फिल्मको प्रोडक्शन हेड विमला भण्डारी छिन् । फिल्मलाई एनजिसिएन ग्रुपले देशव्यापी रूपमा वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजौरी आयुर्वेद चिकित्सालयमा बिरामीको आकर्षण बढ्दो
-
एनआरएनएको एकताको मर्म विपरीत काम भइरहेको भन्दै गंगाधर गौतमको आपत्ति
-
बागमती नदीबाट उद्धार गरिएका बालकको उपचारको क्रममा मृत्यु
-
अनेरास्ववियू (क्रान्तिकारी)द्वारा सरकारका निर्णयको विरोध, शिक्षा–स्वास्थ्य कर खारेज गर्न माग
-
काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न
-
धनगढीबाट अभौतिक मुद्रा कारोबारमा संलग्न ९ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण