आफ्नो कप्तानीमा लगातार विश्वकपको उपाधि जित्ने मेस्सीको सपना चकनाचुर
सारांश
- स्पेनसँग पराजित भएसँगै अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको लगातार दोस्रो पटक विश्वविजेता बन्ने सपना समाप्त भएको छ ।
- सन् २०२२ को विजेता अर्जेन्टिना यसपटक स्पेनको बलियो रणनीतिका सामु निरीह बन्यो ।
- खेल सकिएपछि मैदानमा भावुक मुद्रामा देखिएका ३९ वर्षीय मेस्सीका लागि यो हार सम्भवतः उनको विश्वकप यात्राको दुखद अन्त्य सावित भएको छ ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग १–० ले पराजित भएसँगै अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको लगातार दोस्रो पटक विश्वविजेता बन्ने ऐतिहासिक सपना समाप्त भएको छ ।
सन् २०२२ को विजेता अर्जेन्टिना यसपटक स्पेनको बलियो रणनीतिका सामु निरीह बन्यो । जसका कारण मेस्सीको आफ्नै कप्तानीमा लगातार दुई विश्वकप ट्रफी उचाल्ने दुर्लभ अवसर गुमेको छ ।
न्युयोर्क न्युजर्सी स्टेडियममा भएको खेलमा अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसले गोल गरेपछि अर्जेन्टिना स्तब्ध बनेको थियो। खेलभरि एउटै पनि ुअन टार्गेटु सट प्रहार गर्न नसकेको अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लियोान्ड्रो पारेडेसले रातो कार्ड खाँदै मैदान छाड्नु झन् महँगो सावित भयो ।
खेल सकिएपछि मैदानमा भावुक मुद्रामा देखिएका ३९ वर्षीय मेस्सीका लागि यो हार सम्भवतः उनको विश्वकप यात्राको दुखद अन्त्य सावित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण