फिफा विश्वकप २०२६
विश्वकप जितेपछि टोरेसले भावुक हुँदै भने–‘अहिलेसम्म पनि विश्वास गर्न सकेको छैन’
सोमबार, ०४ साउन २०८३, ०४ : ३८
सारांश
- स्पेनलाई विश्व च्याम्पियन बनाउने विजयी गोल गरेका स्ट्राइकर फेरान टोरेस उपाधिपछि भावुक बनेका छन्।
- टोरेसले विश्वकप जितेको क्षण अझै पनि आफूलाई अविश्वसनीय लागिरहेको बताए।
- टोरेसको एकमात्र गोलको मद्दतमा स्पेनले अर्जेन्टिनालाई हराउँदै पहिलो पटक विश्वकपको उपाधि जितेको हो।
काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा विजयी गोल गर्दै स्पेनलाई विश्व च्याम्पियन बनाएका स्ट्राइकर फेरान टोरेस उपाधिपछि भावुक बनेका छन्।
खेलपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै टोरेसले विश्वकप जितेको क्षण अझै पनि आफूलाई अविश्वसनीय लागिरहेको बताए।
“इमानदारीपूर्वक भन्नुपर्दा, म अझै पनि विश्वास गर्न सकेको छैन। म यो क्षणको आनन्द लिन खोजिरहेको छु, तर वास्तवमा के भइरहेको छ भन्ने अझै महसुस गर्न सकिरहेको छैन,” उनले भने।
विजयी गोलबारे उनले धेरै नसोची स्वाभाविक रूपमा प्रहार गरेको बताए।
“बल मेरोतर्फ आयो, मैले धेरै सोचिनँ। सबै स्पेनी नागरिकको शक्ति समेटेर प्रहार गरेँ,” टोरेसले भने।
टोरेसको एकमात्र गोलको मद्दतमा स्पेनले अर्जेन्टिनालाई हराउँदै दाेस्राे पटक विश्वकपको उपाधि जितेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण