सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

न्युजर्सीमा स्पेनले विश्वकपको ट्रफी उचाल्दा... (फोटोफिचर)

सोमबार, ०४ साउन २०८३, ०४ : ४३
सोमबार, ०४ साउन २०८३

सारांश

  • स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै दोस्रो पटक विश्वकपको उपाधि जितेको छ।
  • न्युयोर्क न्युजर्सी स्टेडियममा भएको समापन समारोहमा स्पेनका स्टार मिडफिल्डर रोड्रीले विश्वकप ट्रफी उचाले ।
  • यो जितसँगै स्पेनले युरोपियन च्याम्पियन र विश्व च्याम्पियन दुवै उपाधि एकैसाथ जित्दै विश्व फुटबलमा आफ्नो दबदबा प्रमाणित गरेको छ।

काठमाडौँ । अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै स्पेनले दोस्रो पटक विश्वकपको उपाधि जितेको छ। न्युयोर्क न्युजर्सी स्टेडियममा भएको भव्य समापन समारोहमा स्पेनका स्टार मिडफिल्डर रोड्रीले सुनौलो विश्वकप ट्रफी न्युजर्सी उचाले । ट्रफी उचाल्दा गुन्जिएको ठूलो संगीत र रङ्गीचङ्गी कागजका टुक्राहरू (टिकर टेप) का बीच स्पेनको उत्सव औपचारिक रूपमा सुरु भयो।

ट्रफी उचाल्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोले स्पेनका खेलाडीहरूलाई मेडल लगाइदिएका थिए। रोड्रीले ट्रफी उचाल्दै गर्दा ट्रम्प पनि नजिकै फ्रेममा देखिएका थिए। खेलको निर्णायक गोल गर्ने फेरान टोरेस निकै उत्साहित देखिन्थे भने युवा स्टार गाभी लगायतका खेलाडीहरूले ट्रफीमा मरिहत्ते गर्दै चुम्बन गरे।

स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले पनि आफ्नो मेडल थापे। यो जितसँगै स्पेनले युरोपियन च्याम्पियन र विश्व च्याम्पियन दुवैको उपाधि एकैसाथ आफ्नो कब्जामा राखेर विश्व फुटबलमा आफ्नो दबदबा फेरि प्रमाणित गरेको छ। सन् २०१० पछि स्पेनले पहिलो पटक यो ऐतिहासिक सफलता हात पारेको हो।

trophy6trophy5trophy4trophy3trophy

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप