मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

मेस्सीका लागि सुखद बन्न सकेन विश्वकप फाइनल, बक्सभित्र पाएनन् एक पटक पनि टच

सोमबार, ०४ साउन २०८३, ०५ : ३५
सोमबार, ०४ साउन २०८३

सारांश

  • विश्वकप फाइनलमा लियोनल मेस्सीले स्पेनका खेलाडीबाट प्रभाव छाड्न सकेनन्।
  • फाइनल खेलमा मेस्सीले जम्मा ५४ पटक मात्र बल छुन पाए र स्पेनको पेनाल्टी बक्सभित्र एक पटक पनि पुग्न सकेनन्।
  • प्रतियोगिताभर सानदार प्रदर्शन गरे पनि फाइनलको दिन मेस्सीका लागि सुखद रहन सकेन।

न्युयोर्क । स्पेनको पूर्ण दबदबा रहेको विश्वकप फाइनल खेलमा लियोनल मेस्सीका लागि परीकथाजस्तै सुखद अन्त्य हुन सकेन।

खेलभर स्पेनका खेलाडीले मेस्सीलाई कुनै प्रभाव छाड्न दिएनन्। 

messi (3)

अन्तिम समयसम्म पनि उनले टोलीमा आशा जगाउने प्रयास गरे र अर्जेन्टिनाका लागि जे जति अवसर बने, ती सबै उनीमार्फत नै सिर्जना भएका थिए। प्रतियोगिताभर सानदार प्रदर्शन गरे पनि फाइनलको दिन भने उनको पक्षमा रहन सकेन।

फाइनल खेलमा मेस्सीले जम्मा ५४ पटक मात्र बल छुन पाए भने स्पेनको पेनाल्टी बक्सभित्र उनी एक पटक पनि बलसम्म पुग्न सकेनन्। मेस्सीलाई कसरी रोक्ने भन्ने प्रश्नको उत्तर स्पेनले आफ्नो कब्जामा बल राखेर र उनलाई पछाडि दौडिन बाध्य पारेर दियो। स्पेनको यही रणनीतिले मेस्सीलाई असरदार हुन दिएन।

messi (5)

यो प्रतियोगितामा मेस्सी सर्वश्रेष्ठ खेलाडीहरूमध्ये एक रहे। बलविनाको खेलमा खासै प्रभावकारी नदेखिए पनि मैदानमा अरूलाई प्रेरित गर्ने उनको क्षमता अद्भुत रह्यो। दर्शकहरूले मैदानमा उनको महानताको प्रत्यक्ष अनुभव गरे।

दश वर्षअघि यही रंगशालामा अन्तर्राष्ट्रिय फुटबलबाट केही समयका लागि सन्यास लिँदा मेस्सीको यात्रा सकिन सक्थ्यो। तर त्यसो भएन र उनले बार्सिलोनाबाट प्राप्त गरेका सफलताजस्तै आफ्नो देशका लागि पनि करिअरको पछिल्लो चरणमा ठूला उपाधिहरू जिते।

messi (1)

अब उनी भावी पुस्ताका खेलाडीका लागि मुख्य प्रेरणाको स्रोत बनेका छन्। विश्वकपमा यदि यो उनको अन्तिम उपस्थिति हो भने पनि आगामी दिनमा विश्वकपका प्रसङ्गहरूमा उनको नाम सधैँ लिइनेछ। भविष्यका पुस्ताले मेस्सीले गरेका उपलब्धिहरूलाई दोहोर्‍याउने प्रयास गर्नेछन्।

३८ वर्ष पार गरी ३९ तर्फ लम्किँदै गर्दा मेस्सीले यो विश्वकपमा अद्भुत सम्झनाहरू छाडेका छन्। मानिसले सधैँ जित्न सक्दैन र हार पनि जितकै एउटा हिस्सा हो। फाइनलमा अर्जेन्टिना लज्जास्पद रूपमा पराजित भएन, टोलीले अन्तिम समयसम्म सङ्घर्ष गर्‍यो।

महान खेलाडी मेस्सीका लागि यो अर्को विश्वकप फाइनलको हार बनेको छ। आजको दिन मेस्सी र अर्जेन्टिनाका लागि अनुकूल हुन नसके पनि सन् २०२६ को विश्वकपभर मेस्सीले आफूलाई अल-टाइम ग्रेट खेलाडीका रूपमा पुनः प्रमाणित गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप