काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
सारांश
- बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहे पनि ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ।
- आज गोरखा, रूपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङका स-साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम छ।
- भोलि र पर्सि पनि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स-साना नदीहरूमा बहाव बढ्ने सम्भावना रहेकाले सतर्क रहन अनुरोध गरिएको छ।
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान गते जारी गरेको बुलेटिनअनुसार देशका प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तलै रहे पनि विभिन्न जिल्लाका स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ।
आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ।
आज गोरखा, रूपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ भई बहने स-साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।
त्यस्तै झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, प्युठान, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने स-साना नदीहरूमा पनि बहाव बढेर आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
भोलि साउन ५ गते र पर्सि साउन ६ गते पनि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना रहेको छ। नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण