मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा

मङ्गलबार, ०५ साउन २०८३, ०७ : ०९
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • स्पेनले अर्जेन्टिनालाई पछि पार्दै फिफा पुरुष विश्व वरीयताको शीर्षस्थान पुनः कब्जा गरेको छ।
  • ब्राजिल पाँचौँ स्थानमा पुगेको छ भने मोरक्को इतिहासकै उच्च छैटौँ स्थानमा पुगेको छ।
  • नर्वे १२ स्थान उक्लिएर १९औँ स्थानमा पुगेको छ भने ट्युनिसिया १२ स्थान तल झर्दै ५७औँ स्थानमा पुगेको छ।

स्पेन । सन् २०२६ को फिफा विश्वकप विजेता स्पेनले अर्जेन्टिनालाई पछि पार्दै फिफा पुरुष विश्व वरीयताको शीर्षस्थान पुनः कब्जा गरेको छ। अर्जेन्टिना दोस्रो स्थानमा झरेको छ भने फ्रान्स यथावत् तेस्रो स्थानमा रहेको छ।

लुइस दे ला फुएन्तेको प्रशिक्षणमा रहेको स्पेनले आइतबार अतिरिक्त समयमा सन् २०२२ को विश्वविजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै जनवरीयता पहिलो पटक विश्व वरीयताको शीर्षस्थानमा पुनरागमन गरेको हो।

विश्वकपमा तेस्रो स्थानका लागि भएको खेलमा थोमस टुखेलको प्रशिक्षणमा रहेको इंग्ल्यान्डले फ्रान्सलाई पराजित गरे पनि दुवै टोलीको वरीयतामा कुनै परिवर्तन भएन। फ्रान्स तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमै कायम छन्।

ब्राजिल एक स्थान माथि उक्लिँदै पाँचौँ स्थानमा पुगेको छ भने मोरक्को एक स्थान सुधार गर्दै इतिहासकै उच्च छैटौँ स्थानमा पुगेको छ।

विश्वकपको अन्तिम १६ बाटै बाहिरिएको पोर्चुगल दुई स्थान तल झर्दै सातौँ स्थानमा पुगेको छ। बेल्जियम एक स्थान माथि उक्लिएर आठौँ स्थानमा पुगेको छ भने नेदरल्यान्ड्स एक स्थान तल झर्दै नवौँ स्थानमा सीमित भएको छ।

मेक्सिको चार स्थान सुधार गर्दै शीर्ष १० मा प्रवेश गरेको छ।

विश्वकपको क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको नर्वेले सबैभन्दा ठूलो फड्को मार्दै १२ स्थान उक्लिएर १९औँ स्थानमा पुगेको छ।

यता जर्मनी शीर्ष १० बाट बाहिरिँदै १२औँ स्थानमा झरेको छ। जर्मनीभन्दा एक स्थान तल क्रोएसिया १३औँ स्थानमा रहेको छ। विश्वकपमा छनोट हुन नसकेको इटाली पनि एक स्थान तल झर्दै १५औँ स्थानमा पुगेको छ।

ट्युनिसिया सबैभन्दा धेरै प्रभावित टोली बनेको छ। १२ स्थान तल झर्दै ट्युनिसिया ५७औँ स्थानमा पुगेको छ।

विश्वकपको अन्तिम १६ मा पुगेको इजिप्ट पाँच स्थान सुधार गर्दै २४औँ स्थानमा पुगेको छ भने पाराग्वे सात स्थान माथि उक्लिँदै ३४औँ स्थानमा पुगेको छ।

विश्वकपको राउन्ड अफ ३२ सम्म पुगेको केप भर्डे (काबो भर्डे) तीन स्थान सुधार गर्दै ६४औँ स्थानमा पुगेको छ। त्यसको एक स्थानपछि रहेको घानाले भने आठ स्थानको उल्लेखनीय सुधार गरेको छ।

फिफा वरियतामा नेपालमा १७७औँ स्थानमा छ भने सार्क मुलुकमा बंगलादेश,  श्रीलंका, पाकिस्तान  र भुटानको वरीयता नेपालको भन्दा तल छ । त्यसैगरि मालदिभ्स १७३औँ, अफगानिस्तान १७१औँ स्थानमा छ भने विश्वकै अत्यधिक जनसंख्या भएको भारत १३८औँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप