नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
मङ्गलबार, ०५ साउन २०८३, १५ : ४३
सारांश
- नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा चरम विकृतिले नागरिकमा असन्तुष्टि बढेको बताएका छन्।
- थापाले यो विकृति समयमै सम्बोधन नभए विस्फोट हुने चेतावनी दिएका छन्।
- उनले यो विकृति सम्बोधन गर्ने जिम्मेवारी नेपाली कांग्रेसको रहेको बताए।
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा चरम विकृति रहेको र सोही विकृतिका कारण नागरिकमा असन्तुष्टि बढेको बताएका छन् ।
गुरुराज घिमिरेद्वारा लिखित ‘बुद्ध, बिपी र आजका नेता लिलिपुटका लघुमानव’ पुस्तकको मंगलबार काठमाडौँमा भएको विमोचन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन्।
‘राजनीतिमा चरम विकृति छ र यो विकृतिले गर्दा नागरिकमा व्यापक रूपमा असन्तुष्टि आइरहेको छ’, थापाले भने, ‘यो विकृति समयमै सम्बोधन गरिएन भने विस्फोट हुन्छ ।’
उनले यसलाई सम्बोधन गर्ने काम नेपाली कांग्रेसले गर्नुपर्ने भन्दै राजनीतिमा मौलाएको विकृतिबारे नेता गुरुराज घिमिरेले विगतमा पनि पटक पटक उठाउँदै आउने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण