मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

अर्जुन कपूरसँगको अफेयरको हल्लामा के भन्छिन् साहिबा बाली ?

मङ्गलबार, ०५ साउन २०८३, १६ : ००
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • अभिनेत्री साहिबा बालीले अर्जुन कपूरसँगको अफेयरको हल्लालाई सामाजिक सञ्जालमार्फत खण्डन गरेकी छन्।
  • साहिबाले लण्डनमा अर्जुनसँग देखिएको विषयलाई राष्ट्रिय समाचार नभएको भन्दै डेटिङको अफवाह नफैलाउन आग्रह गरेकी छन्।
  • उनले प्रदर्शनकारीहरूको समर्थनमा आयोजना गरिएको ¥यालीको दृश्य सेयर गरेकी छन्।

मुम्बई । अभिनेत्री तथा कन्टेन्ट क्रिएटर साहिबा बाली आफ्नो निजी जीवनलाई लिएर चर्चामा छिन्। 

गत १९ जुलाईमा साहिबा लण्डनको लर्ड्स क्रिकेट ग्राउन्डमा अर्जुन कपूरसँग भारत र इंग्ल्याण्डको म्याच हेरिरहेको देखिएकी थिइन्। अर्जुन र साहिबालाई सँगै देखेका कारण उनीहरूबीच डेटिङ भइरहेको खबरहरू बाहिरिएका थिए।

डेटिङको हल्लालाई लिएर साहिबाले यसअघि पनि सामाजिक सञ्जालमा कटाक्ष गरेकी थिइन्। फेरि एकपटक उनले सामाजिक सञ्जालमार्फत यी अफवाहहरूप्रति आफ्नो आक्रोश व्यक्त गरेकी छन्।

साहिबा बालीले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफू र अर्जुन कपूरको अफेयरको अफवाह नफैलाउन आग्रह गरेकी छन्। उनले इन्स्टाग्राममा लण्डनस्थित इन्डिया हाउस बाहिर सोनम वाङचुकको समर्थनमा र दिल्लीको जन्तरमन्तरमा सीजेपीको ‘चलो संसद’ प्रदर्शनको समर्थनमा आयोजना गरिएको ऐक्यबद्धता र्‍यालीको दृश्य सेयर गरेकी छन्। सोमबार भएको उक्त र्‍यालीमा प्रदर्शनकारीहरूले निटका अनियमितताहरूको विरोध गर्दै केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागेका थिए।

आफ्नो इन्स्टाग्राममा अफेयरका अड्कलबाजीहरूलाई सम्बोधन गर्दै साहिबाले लेखेकी छन्, ‘प्रिय मिडिया, लण्डनमा मेरो डेटिङ लाइफको बारेमा अफवाह फैलाउन बन्द गर।’ 

यो राष्ट्रिय समाचार नभएको उल्लेख गर्दै उनले थपेकी छन्, ‘तर देखाउनु नै छ भने यो देखाऊ न।’

आफ्नो व्यक्तिगत जीवनलाई लिएर गलत समाचार चलाइएको र त्यो आफूलाई पटक्कै मन नपरेको साहिबाले स्पष्ट पारेकी छन्। उनले आफूले अर्जुनलाई डेट नगरेको कुरा स्पष्ट पारेकी छन्।

अभिनेत्रीको पोस्टमा प्रतिक्रिया दिँदै प्रशंसकहरूले उनको समर्थन गरेका छन्। दुई जना मानिस सँगै देखिनुको अर्थ उनीहरूबिच अफेयर चलिरहेको छ भन्ने नहुने प्रशंसकहरूको भनाइ छ।

सोमबार हजारौँ प्रदर्शनकारीहरू दिल्लीको जन्तरमन्तरमा भेला भई मनसुन सत्रको पहिलो दिन संसदतर्फ मार्च गरेका थिए। उक्त मार्चमा कम्तीमा २० हजार मानिस सहभागी भएको र उनीहरूमाथि प्रहरीले लाठीचार्ज गरेको दाबी गरिएको छ। सुरक्षाका कारण दिल्ली मेट्रोका पाँचवटा स्टेसनहरू अस्थायी रूपमा बन्द गराइएका थिए।

सीजेपीका संस्थापक अभिजीत दीपकेले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म जन्तरमन्तरमा प्रदर्शन जारी रहने बताएका छन्। नीट प्रश्नपत्र लिक र यससँग जोडिएका विद्यार्थीहरूको मृत्युको विरोधमा यो प्रदर्शन गरिएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप