मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’

मङ्गलबार, ०५ साउन २०८३, १९ : १४
मङ्गलबार, ०५ साउन २०८३

काठमाडाैँ । जनकपुरमा श्रम संस्कृत पार्टीसँग आबद्ध व्यक्तिहरूलाई लखेटिएको भनिएको घटनापछि पार्टीका अध्यक्ष हर्क साम्पाङले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।

साम्पाङले आफ्ना श्रमदाताहरूलाई गरिएको अपमानले आफूलाई विचलित नपारेको उल्लेख गर्दै त्यसलाई सकारात्मक रूपमा लिएको बताएका छन्। 

उनले आफूलाई अपमान गर्नेहरूलाई धन्यवाद व्यक्त गर्दै हिन्दु धर्म वा सम्पूर्ण हिन्दु समुदायलाई दोष नदिएको स्पष्ट पारेका छन्।

उनले हिन्दु धर्मले कसैलाई अपमान गर्न नशिकाउने उल्लेख गर्दै जनकपुरस्थित जानकी मन्दिर वा जानकी माताले आफूलाई अस्वीकार नगरेको धारणा व्यक्त गरेका छन्। 

साथै, उक्त घटनामा संलग्न व्यक्तिहरू को हुन् र किन त्यसो भयो भन्नेबारे उचित समयमा सार्वजनिक गर्ने पनि बताएका छन्। साम्पाङले गाली र आलोचनाले आफूलाई कमजोर नभई अझ सशक्त बनाएको दाबी गर्दै आफ्नो राजनीतिक उचाइ बढेको महसुस भएको उल्लेख गरेका छन्। उनले देशप्रेम, राष्ट्रप्रेम तथा श्रम संस्कृतिको अभियान अझ व्यापक रूपमा फैलिने विश्वास व्यक्त गरेका छन्।

नकारात्मक घटनालाई सकारात्मक ऊर्जामा रूपान्तरण गर्ने क्षमता भएकाहरू यस्ता घटनाबाट विचलित नहुने उनले बचाए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप