ओली र प्रचण्डबिच भेटवार्ता
सारांश
- प्रदेश सरकार गठनबारे छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ ।
- प्रवक्ता प्रकाश ज्वालाका अनुसार प्रदेशमा सर्वदलीय सरकार गठनको पहल गर्ने र त्यसपछि दुई नेताबीच सहमतिको खाका तयार हुनेछ ।
- सरकार गठनबारे नेकपा एमालेसँग कुनै सहमति नभएको र कांग्रेससँग छलफलपछि मात्र पार्टीले निर्णय लिने प्रवक्ता ज्वालाले बताए ।
काठमाडौँ । प्रदेश सरकार गठनको विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’बिच भेटवार्ता भएको छ ।
मंगलबार उनीहरूबिच दिउँसो १ बजेदेखि ३ बजेसम्म करिब २ घण्टा भेटवार्ता भएको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले रातोपाटीलाई बताए ।
नेकपाका प्रवक्ता ज्वालाका अनुसार प्रदेश सरकार गठनको विषयमा प्रदेशमा रहेका सबै दलहरूसँग सर्वदलीय सरकार गठनको लागि पहल गर्ने र त्यसपछि फेरि दुई नेताबिच बसेर सहमतिको ड्राफ्ट(खाका) तयार हुनेछ ।
‘दिउँसो करिब २ घण्टा उनीहरूबिच भेटवार्ता भएको हो । त्यसका लागि पार्टी संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालबिच हिजो कुराकानी भएको थियो । त्यही कुराकानी अनुसार नै संयोजक प्रचण्डले आज एमाले अध्यक्षसँग भेटवार्ता गर्नुभएको हो’,प्रवक्ता ज्वालाले भने,‘सरकार गठनको विषयमा नेकपा एमालेसँग कुनै सहमति भएको छैन । प्रचण्ड मधेसको कार्यक्रम सकेर काठमाडौँ आएपछि मात्र सहमतिको ड्राफ्ट बन्छ । सहमति अगाडि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग पनि एक चरण छलफल हुन्छ । त्यसपछि मात्रै के गर्ने भन्ने विषयमा पार्टीले निर्णय गर्छ ।’
प्रदेश सरकार गठनको विषयमा एमालेबाट उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेल तथा नेकपाबाट वर्षमान पुन र प्रमेश हमालले पहल गरेका थिए । यता कांग्रेसबाट उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरेले पहल गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण