दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
बुधबार, ०६ साउन २०८३, ०७ : ३१
सारांश
- दोलखाको गौरीशंकर गाउँपालिका-९ मा पहिरोले बाख्राको गोठ बगाउँदा ७३ वर्षीय तस्मान तामाङ बेपत्ता भएका छन्।
- सिनर्जी हाइड्रो पावरको ड्याम नजिकै बिहान २:३० बजे पहिरो गएको थियो।
- बेपत्ता तामाङको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।
काठमाडौँ । दोलखामा पहिरोमा परि एक व्यक्ति बेपत्ता भएका छन् । आज बिहान २ः३० बजे गौरीशङ्कर गाउँ पालिका–९ स्थित सिर्पिङ खोला जलविद्युत आयोजना (सिनर्जी हाईड्रो पावर) को ड्याम नजिकै पहिरोले बाख्राको गोठ बगाउँदा गोठमा रहेका सोही ठाउँ बस्ने ७३ वर्षका तसमान तामाङ बेपत्ता भएका हुन् ।
पहिरोका कारण ड्यामका कर्मचारी बस्ने घरमा समेत पूर्ण रूपमा क्षति पुगेको छ ।
उद्धार र बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी बल, नेपाल बिपद् मनसुन प्रतिकार्य बेश सिंगटीबाट बिपद् व्यवस्थापन तालिम प्राप्त सहितको सुरक्षाकर्मी परिचालन गरिएको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण