प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
बुधबार, ०६ साउन २०८३, ०९ : ४८
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५० जना प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रणसम्बन्धी तालिम प्रदान गरेको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको तत्वावधानमा सञ्चालित ट्राफिक नियन्त्रण तालिमअन्तर्गत ४५ कार्यदिनको तालिम मङ्गलबार सफलतापूर्वक सम्पन्न भएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित समापन कार्यक्रममा कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
त्यस अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले तालिमबाट हासिल भएको ज्ञान, सीप र दक्षतालाई कार्यक्षेत्रमा इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
तालिम संयोजक प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले तालिममा प्रहरी सहायक हवल्दार १८ र प्रहरी जवान ३२ जना प्रशिक्षार्थी सहभागी भएका बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण